8 years ago
June 8, 2018
मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ मानिने विश्वकप सुरु हुन अब केवल ६ दिन बाकीं रहेको छ । यस विश्वकपमा ब्राजिललाई सबैभन्दा बलियो दाबेदारका रुपमा हेरिएको छ ।
ब्राजिलियन टोलीमा अग्रपंक्तिमा नेयमार, ग्याब्रियल जेसस, फिलिप कौटिन्हो, विलियन र रोबर्टो फिर्मिनो जस्ता ठूला नामहरु रहेका छन् भने डिफेन्समा थियागो सिल्भा र मार्सेलोको अनुभवले ब्राजिललाई थप बलियो बनाएको छ । ब्राजिल विश्वकप समूह ‘ई’ मा सर्बिया, स्विट्जरल्यान्ड र कोस्टा रिकासँग रहेको छ ।
रसियामा हुने विश्वकपमा ३२ राष्ट्र छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् ।यसपटक विश्वकपमा दुई टोली, आइसल्याण्ड र पानामाले पहिलोपटक सहभागिता जनाउँदै छन् । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल ६४ खेल खेलिनेछ । प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपबाट प्रेरित टेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]