8 years ago
June 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सर्वाधिक लोकप्रिय प्रतियोगिता, विश्वकप फुटबल २०१४ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सातौं स्थानमा रहेका छन् इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन ।
इंग्ल्यान्ड सधै ठूला प्रतियोगिता अघि निकै आकर्षक देखिने गर्छ । तर, तालमेल र सही संयोजनाको कमिका कारण इंग्ल्यान्डका समर्थक निराश हुने गर्छन् । यही कारण स्टेभेन जेरार्ड, फ्रांक लाम्पार्ड, वायन रुनी र डेभिड बेक्हाम लगायतको टोली पनि इतिहासमा उपाधिविहीन रहेको छ ।
तर, यस विश्वकपमा इंग्ल्यान्डलाई सो परिवर्तन गर्ने मौका रहेको छ । यस इंग्ल्यान्ड टोलीको मुख्य भरोसा उसका कप्तान ह्यारी केन नै रहेका छन् । केन उच्च स्तरमा ४ सिजनदेखि निरन्तर प्रदर्शन गरिरहेकाले प्रशिक्षक ग्यारेथ साउथगेटले उनलाई कप्तानको भुमिका सुम्पेका हुन् ।
केनको अघिल्लो वर्ष जादुयी रह्यो । उनले २०१७ को सर्वाधिक गोल गर्ने सुचीमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पनि पछि पारेका थिए । त्यस्तै समग्र सिजनमा मात्र मोहम्मद सालाह र मेस्सीले उनीभन्दा बढी गोल गर्न सफल भएका थिए ।
२४ वर्षे टोटनह्यामका स्ट्राइकर केन आफ्नो बलियो प्रहारका लागि चिनिन्छन् । डि बक्सभित्र खाली ठाउं सिर्जना गर्न र हेडिङका लागि पनि उत्तिकै माहिर छन् । सोझो रुपमा भन्दा उनी एक पूर्ण स्ट्राइकर हुन् ।
तर इंग्ल्यान्डसँग विश्वकपमा कप्तानको रुपमा पनि उनको भुमिका महत्त्वपूर्ण हुन्छ । इंग्ल्यान्ड दाबेदार नमानिए पनि यस टोली निकै युवा छ र यस टोलीमा जोश र गति रहेको छ । इंग्ल्यान्ड आफ्ना बलिया पक्षहरुमा केन्द्रित रहेर प्रदर्शन गर्न सके ठूला टोलीहरुलाई निराश पार्ने क्षमता पनि उसमा रहेको छ, र केनले पनि आफ्नो गोल र नेतृत्वले टोलीलाई सघाउन पर्ने हुन्छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]