8 years ago
June 10, 2018
मस्को (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा २०१० को विश्वकप विजेता स्पेनले टुनिसियालाई १-० ले हराएको छ । स्पेनका लागि निर्णायक गोल इयागो आस्पासले गरेका हुन् ।
स्पेनले अधिकांश खेलाडी आफ्नो पहिलो रोजाईकै खेलाएको थियो भने टुनिसियाले आफ्ना केहि खेलाडीहरुलाई विश्राम दिएको थियो । खेलभरी ७१ प्रतिशतको पोजेसन राखेको स्पेनले उही अनुरुप गोल भने गर्न सकेन ।
खेलको ८४ औं मिनेटमा भने डियगो कोस्टाको पासमा आस्पासले सुन्दर गोल गर्दै दाबेदार स्पेनलाई जित दिलाए । सो मैत्रीपूर्ण खेल स्पेन र टुनिसियाका लागि अन्तिम थियो ।
स्पेन विश्वकप समूह ‘बि’मा पोर्चुगल, इरान र मोरक्कोसंग रहेको छ भने अर्को तर्फ टुनिसिया इंग्ल्यान्ड, बेल्जियम र पानामा समूह ‘सी’ मा रहेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]