default_image

8 years ago

June 10, 2018

रोनाल्डो अब सुपरहिरोको भूमिकामा खेलमैदानमा

114 views

0 Bookmark

दिल्ली (एजेन्सी) – फ्यानहरुका लागि सुपरहिरो रहेका क्रिस्टियानो रोनाल्डो अब एनिमेटेड चलचित्रमा समेत सुपरहिरो हुने भएका छन् ।

भारतको बैंगलोरमा रेहको ग्राफिक इन्डिया प्राइभेट लिमिटेडले उत्पादन गर्ने शृंखला “ स्ट्राइकर फोर्स ७ “ मा रोनाल्डोले मुख्य भूमिका निभाउने भएका हुन् ।

पोर्चुगेली स्ट्राइकरले यसअघि नै चलचित्र निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका थिए । रोनाल्डो अभिनित सो चलचित्रलाई भारतसंगै अमेरिकामा समेत फेसबुक मार्फत हेर्न सकिने छ भने यसको भिडियोगेम र पत्रिका समेत प्रकाशन हुनेछ ।

यसका बिषयमा संचारमाध्यमसंग कुराकानी गर्दै रोनाल्डोले भने, “जुन किसिमले फुटबलले मानिस र संस्कृतिलाई जोड्दछ सोहि काम एनिमेटेड चलचित्रमा सुपरहिरोले समेत गर्दछन्।“

रोनाल्डोले थपे, “ यहि कारणले गर्दा म यो प्रोजेक्ट गर्न चाहन्छु र मेरा फ्यानहरुसंग साट्न चाहन्छु । मेरो जीबनमा एक फुटबल खेल्ने बच्चामा आउने सुख र दुखका दिन सबै छन् र त्यसले यो चलचित्रमा आउनेछ ।

सो चलचित्रका सह-संस्थापकले भने, “ क्रिस्टियानोले विश्वका कयौं मानिसलाई प्रेरणा दिएका छन् । रोनाल्डो साच्चै नै सुपरहिरो हुन् र यस चलचित्रले उनको बिषयमा उनका फ्यानहरुलाई अझ धेरै कुरा जान्ने मौका दिनेछ।“

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.