8 years ago
June 10, 2018
मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ मानिने विश्वकप २०१८ रुसमा जुन १४ देखि सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधिहरु पनि पछ्याइरहेका हुन्छन्, र तीमध्ये सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट पनि एक हो ।
पछिल्लो संस्करणमा गोल्डेन बुटको उपाधि हामेस रोड्रिगेजले जितेका थिए । उनको सो उपाधि जितपश्चात उनी रियल म्याड्रिडसंग आबद्ध भए र अहिले बायर्नसंग रहेका हामेसको करियरले फरक उचाई लिंदै छ । त्यसैगरी २००२ को विश्वकपमा यस उपाधि ब्राजिलियन लेजन्ड रोनाल्डोले जिते भने २००६ मा विश्वकपका सर्वाधिक गोलकर्ता मिरोस्लेभ क्लोजले । २०१० मा थोमस मुलरले यस प्रतिष्ठित उपाधि हात पारेका थिए ।
अहिले आउने विश्वकपमा पनि केही नामहरु यस उपाधि जित्न दाबेदार मानिएका छन् । त्यस्तै हामेसझै अप्रत्याशित विजेता पनि कोही हुन सक्ने अनुमान गरिएको छ ।
विश्व फुटबलका दुई सबैभन्दा ठूला नाम लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई यस उपाधिको दाबेदार मानिएको छ । त्यस्तै ब्राजिलका नेयमार र ग्याब्रियल जेसस दुवै यस उपाधिको होडमा रहने अनुमान लगाइएको छ । जर्मनीका युवा स्ट्राइकर टिमो वेर्नर, इंग्ल्यान्डका कप्तान ह्यारी केन, बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु र उरुग्वेका स्ट्राइकर लुइस स्वारेज सबैलाई प्रवल दाबेदार मानिएको छ ।
भिडियो गेम फिफाले भने यस उपाधि फ्रान्सका एन्टोइन ग्रिजम्यान वा स्पेनका इस्कोले जित्ने अनुमान गरेको छ । इजिप्टका मोहम्मद सालाहलाई पनि केही महिना अघि दाबेदारका रुपमा हेरिएको थियो तर उनी च्याम्पियन्स लिगमा घाइते भएपश्चात उनले केही खेल गुमाउन सक्ने भएकाले अहिले उनी दाबेदारका रुपमा हेरिएका छैनन् ।
तपाईंको अनुमानमा यस विश्वकप २०१८ मा सर्वाधिक गोलकर्ताले जित्ने गोल्डेन बुट कसले जित्ने छ?
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]