8 years ago
June 11, 2018
मुम्बई (एजेन्सी)– कप्तान सुनिल क्षेत्रीको उच्च प्रदर्शनबाट प्रेरित भारतले केन्यालाई हराउँदै इन्टरकन्टिनेन्टल कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भारतले गए राती भएको फाइनलमा केन्यालाई २–० ले हराउँदै ४ राष्ट्र सहभागी प्रतियोगिताको उपाधि जितेको हो ।
भारतका लागि दुवै गोल सुनिलले गरे । सातौं मिनेटमा पहिलो गोल गरेका सुनिलले अर्को गोल २८ औं मिनेटमा गरेका थिए । यो सँगै सुनिलले राष्ट्रिय टोलीलाई सर्वाधिक गोल गर्ने अहिले पनि सक्रिय खेलाडीहरुको सुचिको दोस्रो स्थानमा रहेका अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सीसँग बराबरी गरेका छन् ।
मेस्सी र सुनिलको समान ६४ गोल पुगेको छ । सुनिलले १ सय २ अन्तर्राष्ट्रिय खेलमा त्यो सफलता प्राप्त गरेका हुन् । अर्को तर्फ लियोनल मेस्सीको १ सय २४ खेलमा ६४ गोल रहेको छ । पहिलो स्थानमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो छन् । उनको १ सय ५० राष्ट्रिय खेलमा ८१ गोल रहेको छ । इन्टरकन्टिनेन्टल कपमा ८ गोलसहित सुनिल सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]