8 years ago
June 13, 2018
मस्को (एजेन्सी)– विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित उपाधि विश्व कप जित्ने आफ्नो सपना रहेको ब्राजिलियन सुपर स्टारले बताएका छन् । सन् २०१४ मा घरेलु मैदानमा भएको विश्व कपमा पनि उनले उच्च प्रदर्शन गरेका थिए ।
तर, चोट कारण नेयमारले खेल्न नसकेको सेमिफाइनलमा भने टोली जर्मनीसँग ७–१ ले लज्जास्पद रुपमा पराजित भएको थियो । भोलि सुरु हुने विश्व कपमा पनि उनको उपस्थिति रहने नरहेनेमा शंका थियो । कारण पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दा तीन महिनाअघि उनको खुट्टमा गम्भिर चोट लागेको थियो ।
तर, पछिल्लो मैत्रीपूर्ण खेलमार्फत उनले फुटबलमा सफल पुनरामगन गरेका छन् । तीन महिना भन्दा बढी मैदान बाहिर रहेका नेयमारले पुनरागमन गरेकी खेलमा गोल गरे । अस्ट्रियालाई ब्राजिलले ३–० ले हराउँदा पनि नेयमारले एक गोल गरे । जसले ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा तस्रो स्थानमा रहेका रोमारियोसँग नेयमारले बराबरी गरेका छन् । दुवैको नाममा ५५ गोल रहेको छ । उनीहरु भन्दा अगाडी पहिलो स्थानमा पेले (७७) र रोनाल्डो (६२) रहेका छन् ।
अघिल्लो विश्व कपको पिडा स्मरण गर्दै नेयमारले विश्व कप जित्ने सपना रहेको बताएका छन् । ‘हामीले विश्वास गर्नुपर्दछ । सपना देख्नुपर्दछ । हामीले त्यो विषयमा चर्चा गर्न सक्छौं । यदि तपाई ब्राजिलियन हो भने तपाई सपना देख्न सक्नुहुन्छ,’ उनले भने,‘ हामीले बढी भन्दा बढी सफलताको सपना देखेका छौं । सपना देख्न छाड्नु हुन्न ।’
सर्वाधिक पाँच पटकको विश्व कप विजेता ब्राजिलले पछिल्लो पटक सन् २००२ मा विश्व कप जितेको थियो । रोनाल्डो, रिभाल्डो र रोनाल्डो सम्मिलित टोलीले विश्वकप जितेयता ब्राजिल फाइनल पुग्न सकेको छैन । त्यसयता टोली दुई पटक क्वार्टरफाइनल र पछिल्ला विश्व कपमा चौथो भएको थियो । यसपटक समूह इमा ब्राजिल स्विट्जरल्यान्ड, सर्बिया र कोस्टा रिकासँग रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]