default_image

8 years ago

June 11, 2018

रियलका पूर्व प्रशिक्षक जिदान फ्रेन्च ओपनमा दर्शक

112 views

0 Bookmark

पेरिस (एजेन्सी)– रियल म्याड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाएको केहि दिनमै फ्रान्सेली पूर्व स्टार जिनेदिन जिदानको अबको यात्रा निश्चित भइसकेको छैन । एउटा सफल यात्राको अन्त्यसँगै नयाँ यात्राको टुंगो नभएपनि उनले फुर्सदको समय परिवारसँग बिताइरहेका छन् ।

उनी आइतबार श्रीमती भेरोनिक्वोसँग फ्रेन्च ओपनको फाइनल हेर्न पुगेका थिए । फ्रेन्च ओपनको फाइनलमा राफाल नाडालले डोमिनिक थिमलाई पराजित गरेका थिए । त्यो नाडालको ११ औं फेन्च ओपन उपाधि हो । जिदानका साथमा श्रीमतीसँगै छोराहरु लुका र एन्जोपनि थिए ।

सन् १९९८ मा विश्व कप जित्दा जिदानसँगै टोलीमा रहेका बोल्टन वान्डेरर्सका पूर्व स्टार योरी डिजोकाफसँपनि फाइनल हेर्न पुगेका थिए । प्रशिक्षकका रुपमा जिदानले रियललाई तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । मे २६ मा भएको फाइनलमा लिभरपुललाई हराएको केहि दिनमै जिदानले क्लब छाड्ने निर्णय लिएका थिए ।

रियलले अझै नयाँ प्रशिक्षक नियुक्त गरेको छैन । क्लबका पूर्व मिडफिल्डर गुटी नयाँ प्रशिक्षक बन्ने सम्भावना बलियो रहेको बताइएको छ ।
प्रशिक्षण जीवनको सुरुवात गर्दा जिदान सफल हुनेमा धेरैको शंका थियो । तर, झन्डै अढाई बर्ष रियल सम्हालेर निस्कदा उनको परिचयनै बदलिएको छ ।

४५ वर्षे जिदान खेलाडीका रुपमा रियलमा जति सफल थिए, उनी प्रशिक्षणमा पनि त्यति नै सफल रहे । रियलको सिनियर टोलीलाई  २०१६ बाट हेर्नुअघि उनले क्लबको ‘बी’ टोलीलाई प्रशिक्षण दिएका थिए । तीन च्याम्पियन्स लिग उपाधिसहित जिदानले २०१७ मा रियललाई ला लिगा च्याम्पियन पनि बनाएका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.