default_image

8 years ago

June 11, 2018

विश्वकपमा गोल्डेन बल कसले जित्ला?

188 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ फुटबल विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधि पनि पछ्याई रहेका हुने छन्, त्यसमध्ये उत्कृष्ट खेलाडीले जित्ने गोल्डेन बल पनि एक रहेको छ ।

२०१४ विश्वकपमा उपविजेता भएबावजुद अर्जेन्टिनाका लियोनल मेस्सीले गोल्डेन बलको उपाधि जितेका थिए । यस पटक विश्वकपमा मेस्सीसहित कैयौं खेलाडी गोल्डेन बलको प्रतिस्पर्धामा हुने छन् । तीमध्ये एक मेस्सीको चिरपरिचित प्रतिद्वन्दी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि रहेका छन् ।

पोर्चुगललाई सेमिफाइनलसम्म पुर्‍याउन सके रोनाल्डो पनि यस उपाधिको प्रवल दाबेदार मानिने अनुमान रहेको छ । ब्राजिललाई यस पटक बलियो दाबेदार मानिएकाले उसका स्टार खेलाडी नेयमारलाई पनि मेस्सी र रोनाल्डोसंगै दाबेदार मानिएको छ । अर्को दाबेदार रहेको छ फ्रान्स ।

फ्रान्सबाट एन्टोइन ग्रिजम्यान र १९ वर्षे फरवार्ड किलियन एम्बाप्पे गोल्डेन बलको दौडमा रहने विश्लेषकहरुले अनुमान गरेका छन् । स्पेनबाट मिडफिल्डर इस्को र जर्मनीबाट थोमस मुलर र टोनी क्रुसलाई पनि यो उपाधि जित्न सक्ने नामहरुका रुपमा लिइएको छ ।

तपाईंको अनुमानमा भने विश्वकप २०१८ मा गोल्डेन बुट कस्ले जित्ला?

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.