8 years ago
June 12, 2018
मस्को (एजेन्सी) – गए राति विश्वकप मैत्रीपूर्ण खेल अन्तर्गत बेल्जियमले कोस्टा रिकालाई ४-१ ले हराएको छ । बेल्जियमको जितमा उसका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरे ।
कोस्टा रिकाका लागि उसका कप्तान ब्रायन रुइजले सुन्दर प्रहारद्वार खेलमा अग्रता दिलाएका थिए । तर ड्रायस मर्टेन्स र लुकाकुले गोल गर्दै पहिलो हाफमा स्कोर २-१ बनाए ।
दोस्रो हाफमा फेरी लुकाकु र उनकै पासमा मिची ब्याटसुवायीले गोल गर्दै बेल्जियमको सहज जित सुनिश्चित गरेका थिए । बेल्जियम र कोस्टा रिका दुवैले आफ्नो पहिलो रोजाईकै खेलाडीहरु मैदानमा उतारेका थिए तर खेलभरी बेल्जियम निकै आक्रामक देखिएको थियो ।
बेल्जियम विश्वकप समूह ‘जी’मा इंग्ल्यान्ड, पानामा र टुनिसियासंग रहेको छ भने कोस्टा रिका समूह ‘ई’मा ब्राजिल, सर्बिया र स्विट्जरल्यान्डसंग रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]