8 years ago
June 12, 2018
मस्को (एजेन्सी)– बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार लियोन मेस्सीलाई अहिले सम्मकै उत्कृष्ट खेलाडी हुन् भन्ने बहस बेला बेला चल्ने गरेको छ ।
विश्व कप नजिकिदै गर्दा उनले कप्तानी गरेको अर्जेन्टिनाले विश्व कप जित्ने वा नजित्ने विषयमा अनेक कोणबाट बहस सुरु हुन थाल्दछ । यसपटक पनि त्यो बहस केहि अघिबाट सुरु भइसकेको छ । अर्जेन्टिनाका राष्ट्रपति माउरिकियो म्याक्रीले बिहीबारबाट सुरु हुने विश्व कप आफ्नो देशले जित्ने सम्भावना रहेको बताएका छन् ।
तर, राष्ट्रपति टोली प्रति आशावादी भइरहँदा स्वभाविक छ की त्यसको सबैभन्दा ठूलो दबाब मेस्सी माथि नै हुनेछ । मेस्सीको खेल जीवन हेर्ने हो भने असाधारण नै रहेको छ । उनले बार्सिलोनाबाट क्लबका लागि अधिकांश उपाधि जितिसकेका छन् । व्यक्तिगत रुपमा फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डी’ओर मात्र उनले पाँच पटक जितिसकेका छन् । तर, यति हुँदा हुँदै पनि मेस्सीले अहिले सम्म देशका लागि महत्वपूर्ण उपाधि जित्न सकेका छैनन् ।
उनको कप्तानीमा सन् २०१४ को विश्व कप फाइनल पुगेको अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो । उनको निराशा त्यतिमा टुंगिएन । २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा उनको टोली दुवै पटक फाइनलमा पराजित भएको थियो ।
अब ३१ वर्ष पुग्न लागेका मेस्सीका लागि यो विश्व कप जित्ने अन्तिम मौकाका रुपमा पनि हेरिएको छ । टोलीको कप्तान रहेका मेस्सी र अर्जेन्टिनाका समर्थकबीचको सम्बन्ध पनि अलिक जटिल नै मानिन्छ । बार्सिलोनमा आबद्ध हुनका लागि उनले सानै उमेरमा अर्जेन्टिना छाडेका थिए । कतिपयले उनका लागि देश भन्दा पनि क्लब ठूलो मानेको आरोप लगाउने गर्दछन् । तर, यदि उनले रसियामा अर्जेन्टिनालाई विश्व कप दिलाउन सके भने उनी प्रतिको धारणा पक्कै परिवर्तन हुनेछ ।
ओलम्पिकको स्वर्ण पदक विजेता समेत रहेका मेस्सीले अहिले सम्म राष्ट्रिय टोलीका लागि १ सय २६ खेलमा ६४ गोल गरिसकेको छन् । उनले राष्ट्रिय टोलीका लागि सफलता दिलाउन नसक्दा सन्यासको घोषणा समेत गरेका थिए । २०१६ मा चिलिसँगको फाइनलका दौरान भएको पेनाल्टी सुटआउटमा मेस्सी पेनाल्टी गोल गर्नबाट चुकेका थिए । त्यसपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे । उनको त्यो घोषणाले फुटबलमा भूकम्प नै ल्याइदियो । उनको महत्व टोलीमा कति छ भन्ने उनलाई दबाब दिन भएको प्रदर्शनबाट पनि बुझ्न सकिन्छ ।
उनले समर्थकहरुको सम्मान पनि गरे र पछि सन्यास फिर्ता लिए । फेरि विश्व कप जिताउने सम्भावना एकपटक उनलाई प्राप्त भएको छ ।मेस्सीले यसअघि तीन पटक विश्व कप खेलिसकेको छन् । २ पटक सेमिफाइनल भन्दा अघि बढ्न नसकेको अर्जेन्टिना पछिल्लो पटक फाइनल पुगेको थियो । ब्राजिलमा भएको विश्व कपमा मारियो गोट्जेको गोलमा जर्मनी च्याम्पियन बनेर फर्कियो भने अर्जेन्टिना निराश बन्न पुग्यो । यद्दपी व्यक्तिगत रुपमा मेस्सीको प्रदर्शन सम्झनालायक थियो । तर, टोलीलाई विश्व कप जिताउन नसक्दा उनको प्रदर्शन छायाँमा पर्यो ।
मेस्सीसँगै अर्जेन्टिनामा अन्य विश्वस्तरीय स्ट्राइकर सर्जियो अगुएरो, गोन्जालो हिगुइन जस्ता खेलाडी पनि छन् । उनीहरु दुई जनाले पनि अर्जेन्टिनाका लागि कुल ६८ गोल गरिसकेका छन् । अर्जेन्टिनालाई विश्व कप दिलाउने अभियायनमा मेस्सीलाई साथ दिनेमा उनीहरुको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुनेछ । टोलीका अनुभवी गोलकिपर सर्जियो रोमेरो चोटका कारण बाहिरिएपछि बाकी तीन विकल्प छन् । तर उनीहरु तीनजनाले अहिले सम्म कुल नौं खेल मात्र खेलेका छन् ।
अर्जेन्टिनाको रक्षापक्ति ठिकै मात्र मानिन्छ । निकोलास ओटामेन्टी, जाभियर मास्केरानो र मार्कोस रोहो जस्ता नाम चलेका रक्षक छन् । त्यसका वावजुद टोली केहि समय अघि स्पेनासँग भएको मैत्रीपूर्ण खेलमा ६–१ ले पराजित भएको थियो । त्यसले पनि अर्जेन्टिनाले विश्वकप जित्नेमा धेरैले शंका व्यक्त गर्दछन् ।
त्यसअघि विश्व कप छनोटमा पनि अर्जेन्टिनाको यात्रा कठिन रह्यो । छनोटको अन्तिम खेलमा अर्जेन्टिनालाई रसिया यात्रा पक्का गर्न जित्नै पर्ने दबाब थियो । यदि त्यो खेल नजितेको भए अर्जेन्टिना १९७० यता पहिलो पटक विश्व कप खेल्नबाट बञ्चित हुन सक्थ्यो । तर, भाग्यनै मान्नुपर्दछ मेस्सीको ह्याट्रिकसँगै टोलीले जित हासिल गर्यो र रसिया यात्रा पक्का गर्यो ।
उनी एक्लो त्यस्ता खेलाडी हुन् , जसले खेलको नतिजा उल्टाउने क्षमता राख्दछन् । मेस्सी जस्तो सुकै परिस्थितिबाट पनि बल नियन्त्रण गर्न सक्ने, गोल गर्न र पास मिलाउनमा माहिर मानिन्छन् । उनीलाई सधै देशका महान खेलाडी डिएगो म्यारोडोनासँग तुलना गरिन्छ । म्यारोडानापछि उनले नै देशका लागि विश्व कप दिलाउने धेरैको अपेक्षा पनि छ । मेस्सीलाई पनि राम्ररी थाहा छ, यो उनको अन्तिम विश्व कप हुन सक्दछ । २०२२ मा कतारमा विश्व कप आयोजना हुँदा उनको उमेर ३५ वर्ष हुनेछ ।
यद्दपी उनको फिटनेस र समर्पणलाई कसैले प्रश्न गर्दैन । त्यसले उनी अर्को विश्व कपको टोलीमा रहँदा पनि कसैले आश्चार्य मान्नेछैनन् । तर, ती सब सम्भावनाका बीच अहिलेको मौकालाई मेस्सीले पुरा भन्दा पुरा प्रयोग गर्न पक्कै प्रयास गर्नेछन् । अर्जेन्टिनाले यसपटकको विश्व कपको समूह चरणमा क्रोएसिया, नाइजेरिया र आइसल्यान्डको सामना गर्नेछ । उच्च फर्ममा रहेका मेस्सी ला लिगाका ३६ खेलमा ३४ गोल गरेर रसिया पुगेका थिए ।
चार वर्षअघि उनले गोल्डेन बल जितेका थिए । यसपटक पनि उनीबाट व्यक्तिगत रुपमा उच्च प्रदर्शनको आशा गरिएकै छ । व्यक्तिगत क्षमता कीर्तिमानीलाई हेरेर विश्व कप जित्न सक्ने एक्लो कोहि व्यक्ति छ भने त्यो मेस्सी नै हो मानिनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]