8 years ago
June 12, 2018
मस्को (एजेन्सी) – बेल्जियमका कप्तान एडेन हाजार्डले विश्वकप बेल्जियमले जित्ने अनुमान लगाएका छन् । त्यस्तै बेल्जियमले फाइनलमा इंग्ल्यान्डलाई हराउने समेत अनुमान आफ्नो इन्सटाग्राममार्फत सार्वजनिक गरे ।
बेल्जियम समूह चरणमा पहिलो हुने, अन्तिम १६ मा पोल्यान्डलाई हराउने, क्वाटरफाइनलमा ब्राजिल र सेमिफाइनलमा फ्रान्सलाई हराउने उनको अनुमान रहेको छ ।
त्यस्तै अर्को तर्फ समूह ‘जी’मै रहेको इंग्ल्यान्ड उपविजेता हुंदै अन्तिम १६ मा पुग्ने र त्यहां कोलम्बियालाई हराउने उनले अनुमान गरे । त्यस्तै त्यस्तै इंग्ल्यान्डले क्वाटरफाइनलमा जर्मनी र सेमिफाइनलमा अर्जेन्टिनालाई हराउंदै उपविजेता बन्ने अनुमान गरेका छन् ।
समूह ‘ए’ देखि ‘एच’ सम्मका समूह विजेता क्रमश: उरुग्वे, स्पेन, फ्रान्स, अर्जेन्टिना, ब्राजिल, जर्मनी, बेल्जियम र कोलम्बिया रहने उनको अनुमान छ । त्यस्तै समूह उपविजेतामा इजिप्ट, पोर्चुगल, डेनमार्क, नाइजेरिया, स्विट्जरल्यान्ड, मेक्सिको, इंग्ल्यान्ड र पोल्यान्ड रहने समेत उनको अनुमान छ ।
उनले आफ्नो अनुमानसहितको तस्बिरमा लेखेका छन्,”यो मेरो अनुमान रहेको छ । यहां कैयौं मेरा चेल्सीका सहकर्मी पनि रहेका छन् । तपाईंको अनुमान भने के रहेको छ?” बेल्जियमले हिजो मात्र कोस्टा रिकालाई ४-१ ले हराउंदा हाजार्डको प्रदर्शन प्रशंसनीय रहेको थियो ।
इंग्ल्यान्ड, पानामा र टुनिसियासँग समूह ‘जी’मा रहेको फिफा वरियतामा तेस्रोमा रहेको बेल्जियमलाई यस विश्वकपमा कतिपय विश्लेषकले ‘डार्क हर्स’ भनेका छन् ।
तपाईंको अनुमानमा बेल्जियम प्रतियोगितामा कहांसम्म पुग्ला?
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]