8 years ago
June 12, 2018
म्याड्रिड (एजेन्सी)– स्पेनका प्रशिक्षक जुलेन लोपेटेगुइ जिनेदिन जिदानको उत्तराधिकारीका रुपमा रियल म्याड्रिडको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । रसियामा आयोजना हुने विश्व कप फुटबल पछि ५१ वर्षे लोपेटेगुइले रियलको कमान सम्हाल्ने बताइएको छ । उनी र क्लबबीच तीन वर्षको सम्झौता भएको छ ।
सन् २०२० को युरोपियन च्याम्पियनसिपका लागि स्पेनको प्रशिक्षकका रुपमा सम्झौता गरेको केहि सातापछि उनले रियलसँग सम्झौता गरेका छन् । लोपेटेगुइ ती कम खेलाडीमा पर्दछन् जसले रियल र बार्सिलोना दुवै टोलीबाट खेलेका थिए । उनले दशकअघि रियलकै बी टिमलाई पनि प्रशिक्षण दिएका थिए ।
उनले स्पेनको प्रशिक्षकका रुपमा सम्झौता नविकरण गरेको समय आफु र आफ्नो टोलीमाथि देखाएको विश्वासका लागि आभार व्यक्त गरेका थिए । तीन पटक च्याम्पियन्स लिग उपाधि जितेका जिदानले अघिल्लो महिना प्रशिक्षकको जिम्मेवारी छाडेयता सो पद खाली भएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]