8 years ago
June 12, 2018
भिएना (एजेन्सी) – विश्वकप फुटबलको तयारीमा रहेको एसियाली टोली जापानले अष्ट्रीयामा सम्पन्न मैत्रीपूर्ण खेलमा प्याराग्वेलाई ४-२ ले पराजित गरेको छ।
जापानको जितमा ताकासी इनिईले दुई गोल गरे। विश्वकपमा सेनेगल, कोलम्बिया र पोल्याण्ड सँग समूह ‘एच’ मा रहेको जापान खेलको ३२ औं मिनेटमा ओस्कार रोमेरोको गोलमा पछि परेपनि इनिईले दोस्रो हाफमा ५१ र ६३ औं मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाए।
जापानले ७७ औं मिनेटमा फेड्रिको सान्ताडेरको आत्मघाती गोलमा ३-१ को अग्रता बनायो। खेलको ९० औं मिनेटमा रिचार्ड ओर्टिजले गोल गर्दै प्याराग्वेलाई खेलमा फर्काउने प्रयास गरेपनि जापानको पहिलो दुई गोलमा असिस्ट दिएका बोरुसिया डर्टमाउन्डका मिडफिल्डर सिन्जी कागावाले इन्जुरी समयमा गोल गर्दै जापानको जित सुनिस्चित गरे।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]