8 years ago
June 13, 2018
मस्को (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा पोल्यान्डले लिथुवानियालाई ४-० ले हराएको छ । पोल्यान्डको जितमा उसका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्न सफल रहे ।
विश्वकपमा पुग्न असफल लिथुवानीया विरुद्ध पोल्यान्डले अधिकांश दोस्रो रोजाईको खेलाडी खेलाए पनि अग्रपंक्ति भने लेवान्डोस्कीले नै सम्हालेका थिए । उनले खेलको १९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै ३२ औं मिनेटमा पोल्यान्डको अग्रता दोब्बर पनि पारे ।
दोस्रो हाफमा डेभिड कोनाकीले गोल गर्दै स्कोर ३-० पारे भने अन्तिमतिर जाकुब ब्लाजिओस्कीले पेनाल्टीमार्फत गर्दै स्कोर ४-० पारेका थिए । लेवान्डोस्की दोस्रो हाफ अघि नै परिवर्तन भएका थिए । यो खेलसंगै विश्वकप मैत्रीपूर्ण खेलहरु पनि टुंगिएका छन् ।
विश्वकप समूह ‘एच’मा रहेको पोल्यान्ड कोलम्बिया, सेनेगल र जापानसंग रहेको छ । विश्वकपमा भोलि पहिलो खेल बेलुका आयोजक रुस र साउदी अरेबिया बीच हुने छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]