8 years ago
June 13, 2018
रोम (एजेन्सी)– लियोनल मेस्सीको खेल जीवन कति बेला सफल भएको मानिनेछ भन्ने बहस सुरु भएको धेरै भइसकेको छ । यसबीच सन् २००६ का विश्व कप विजेता इटालीका सदस्य इटालीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लो पनि त्यहि बहसमा थपिएका छन् । मेस्सीले अर्जेन्टिना तथा नेपोलीका पूर्व महान खेलाडी डिएगो म्यारोडोनालाई उछिन्ने हो भने विश्व कप जित्नु पर्ने बताएका छन् ।
बार्सिलोनाका सुपर स्टार मेस्सीले क्लब फुटबलमा सबै खाले उपाधि जितिसकेका छन् । तर, उनले त्यहि उपलब्धी अर्जेन्टिनालाई भने दिलाउन अझै बाँकी छ । अर्जेन्टिनाको जर्सीमा अहिले सम्म मेस्सीले ओलम्पिकमा स्वर्ण पदक मात्र जितेका छन् । तर, म्यारोडोनाको उच्च प्रदर्शनबाट प्रेरित अर्जेन्टिनाले सन् १९८६ मा विश्व कप जितेको थियो ।
‘रसियामा विश्व कप जित्नु व्यक्तिगत रुपमा मेस्सी र अर्जेन्टिना दुवैका लागि महत्वपूर्ण हुनेछ,’ पिर्लोले भनेका छन्, ‘मेस्सीको तुलना जहिले पनि म्यारोडोनासँग गरिन्छ । तर, त्यसको लागि उनले विश्व कप जित्नुपर्नेछ । यदि विश्व कप जित्न सकेनन् भने त्यो उनको उत्कृष्ट खेल जीवन हुन सक्दैन ।’
मेस्सीको उच्च प्रदर्शनबाट प्रेरित अर्जेन्टिना ब्राजिलमा २०१४ मा भएको विश्व कपमा फाइनल सम्म पुगेको थियो । तर फाइनलमा अर्जेन्टिना जर्मनीसँग स्तब्ध भएको थियो । त्यसपछि २०१५ र २०१६ को कोपा अमेरिकामा पनि अर्जेन्टिना चिलीसँग पराजित भएको थियो । ३० वर्षे मेस्सीका लागि सम्भवत यो अन्तिम विश्व कप हुन सक्दछ, त्यस अर्थमा यो उनका लागि विश्व कप जित्ने अन्तिम मौका हुन सक्छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]