8 years ago
June 13, 2018
मस्को (एजेन्सी) – फुटबल विश्वकप २०२६ अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । ती तीन राष्ट्रले मरोक्कोलाई पन्छ्याउंदै विश्वकप आयोजना गर्ने मत जितेको हो ।
अमेरिकाले सन् १९९४ को विश्वकप पनि आयोजना गरेको थियो । त्यहां पहिले देखि नै रहेको पुर्वाधारहरु भएकाले विश्वकप आयोजना गर्न सहज हुने पनि अनुमान लगाइएको छ । त्यसकारण अमेरिका, क्यानाडा र मेक्सिकोले १ सय ३४ मत जित्न सफल रह्यो भने मरोक्कोले ६४ मत जित्न सफल रह्यो ।
२०१८ र २०२२ विश्वकप आयोजनाका लागि मत किनबेच भएको आरोप लागेयता सबै २०० राष्ट्रले यसपटक मत दिएका हुन् । पहिले २४ सदस्यीय समितिले विश्वकप आयोजनाको निर्णय लिने गर्थ्यो ।
रुस विश्वकप भोलि देखि सुरु हुंदैछ भने २०२२ को विश्वकप कतारमा आयोजना हुने छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]