default_image

8 years ago

June 13, 2018

विश्वकप २०१८ : इतिहासलाई हेर्दा कसले जित्ला त उपाधि ?

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ३२ राष्ट्र , एक बिजेता । तर तपाईंले यो देशले विश्वकप कसले जित्छ भनेर कसरी अड्कल लगाउन सक्नुहुन्छ ?

अहिलेसम्मको प्रतियोगिताको प्रवृति, अंकगणितीय सम्भावाना र ढाँचालाई आधार मानेर बिबिसी स्पोर्ट्सले ३१ देशलाई पाखा लगाउंदै विश्वकप जित्न सक्ने एक राष्ट्रको नाम निकालेको छ ।

विश्वकप २०१८ बिजेता देशले गर्नुपर्ने यी कुराहरु :

सिड गरिएको टोलि हुनु पर्ने :

सन् १९९८ मा फिफा विश्वकपलाई ३२ टोलीमा बिस्तार गरेसंगै सबै बिजेता टोलि सिड गरिएका छन् । सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा उसलाई सिड गरिएको थिएन, त्यसयता सबै विश्वकप सिड गरेका टोलीले मात्र जितेका छन् । र यो एउटा चालले २४ टोलीलाई हटाउँदै विश्वकप उपाधि जित्ने होडमा मात्र ८ टोलीलाई बाँकी राख्दछ ।

आयोजक हुनु नहुने :

बिगत् ४४ बर्ष देखिको प्रथालाई अपनाउंदै रुस यस बर्ष सिड भएका टोलीको सुचिमा रहेको छ । आयोजक भएको फाइदा उठाउँदै रुस सिड गरिएका ८ टोलीमा पर्न सफल भएको हो। विश्वकप आयोजना गर्नु मात्र सफलताको बाटो होइन। सन् १९३० देखि १९७८ सम्म विश्वकपको सुरुवाती ११ संस्करणले ५ पटक आयोजक बिजेता प्राप्त गरेपनि अन्तिम ९ संस्करणमा एक मात्र आयोजक टोलीले उपाधि जितेको छ।

सन् १९९८ मा विश्वकप फुटबलको आयोजना गरेको फ्रान्सले उपाधि जितेको थियो। संयुक्त राष्ट्र, जापान, दक्षिण कोरिया र दक्षिण अफ्रिकाले विश्वकप जित्ने आशा नभएको भएतापनि सन् १९९० मा इटली, सन् २००६ मा जर्मनी र चार बर्ष अघि ब्राजिललाई घरेलु मैदानले साथ दिएन।

बलियो रक्षापंक्ति :

३२ देश सम्मिलित विश्वकपमा कुनै पनि च्याम्पियन देशले आफ्नो सात खेलमा चारभन्दा धेर गोल खाएका छैनन्। बाकीं रहेका सात देशलाई हेर्दा, विश्वकप छनौटमा पोल्याण्डले प्रति खेल १.४ गोलका दरले सबैभन्दा धेरै गोल खाएको थियो।

उता जर्मनी र पोर्चुगलले प्रति खेल ०.४, बेल्जियम र फ्रान्सले प्रति खेल ०.६, ब्राजिलले प्रति खेल ०.०६१ र अर्जेन्टिनाले प्रति खे ०.८८ गोलका दरले गोल खाएका थिए।

युरोपियन देश :

विश्वकप बिजेता टोलीहरु युरोप र दक्षिण अमेरिकाबाट मात्र रहेका छन्। अन्तिम केहि संस्करणमा युरोपियन टोलीले राम्रो प्रदर्शन गर्न नसकेपनि दक्षिण अफ्रीकामा स्पेनले प्राप्त गरेको सफलता र ब्राजिलमा जर्मनीले विश्वकप जितेसंगै यो प्रथाको अन्त्य भएको छ। युरोपमा भएका प्रतियोगिताले भने धेरै घरेलु बिजेता पाएका छन्।

युरोपले आयोजना गर्नुपर्ने १० प्रतियोगिता मध्ये एक मात्र प्रतियोगिता युरोपभन्दा बाहिरको टोलीले जितेको छ।

बलियो गोलकिपर :

तपाईंलाई लाग्न सक्छ कि गोल गर्ने स्ट्राइकरको कारणले विश्वकप जित्न सकिन्छ भनेर तर इतिहासमा दुई पटक मात्र विश्वकप बिजेता टोलीका खेलाडीले गोल्डेन बुट प्राप्त गरेका छन् – ब्राजिलका रोनाल्डोले २००२ र स्पेनका डेभिड भिल्लाले सन् २०१० मा। अन्तिम पांच पटक मध्ये ४ पटकभने गोल्डेन ग्लोब्स विश्वकप बिजेता टोलीका गोलरक्षकले प्राप्त गरेका छन्।

बाँकी रहेका चार टोलि मध्ये मनुएल निउर (जर्मनी), हुगो ल्लोरिस(फ्रान्स) र थिबौट कौरटोइस (बेल्जियम)लाई प्रतियोगिताका उत्कृस्ट गोलरक्षक मान्न सकिन्छ।

अनुभव भएको टोलि :

सन् १९९८ देखि यता विश्वकप जित्ने सबै टोलि अनुभवी रहेका छन्। सन् १९९८ को च्याम्पियन फ्रान्सको स्क्वाडमा रहेका खेलाडीले २२.७७ को औसतमा क्याप जितेका थिए। यस्तै चार बर्ष अघिको च्याम्पियन जर्मनीको स्क्वाडमा रहेका खेलाडीहरुको औसत क्याप संख्या ४२.२१ रहेको थियो।

बाँकी रहेका तिन टोलि मध्ये फ्रान्सको स्क्वाडमा रहेका खेलाडीहरुको औसत क्याप संख्या २४.५६ मात्र रहेको छ भने जर्मनीको ४३.२६ र बेल्जियमको ४५.१३ रहेको छ।

साबिक बिजेता नहुनु :

विश्वकपको ट्रफी डिफेन्ड गर्नु सजिलो कुरा होइन। सन् १९५८ र १९६२ मा ब्राजिलले बाहेक यो काम अन्य देशले गर्न सकेका छैनन्। ब्राजिल यता १३ साबिक बिजेता राष्ट्रहरुले दुई पटक मात्र क्वार्टरफाइनल चरण पार गरेका छन्। अन्तिम चार संस्करणहरुमा तिन पटक साबिक बिजेता टोलि समुह चरणबाट नै घर फर्किएको छ।

जर्मनीको यस विश्वकप सम्मको यात्रा सुनौलो रहेको छ तर रुसको विश्वकपमा उपाधि जोगाउने काम भने इतिहासको बिपक्षमा रहेको छ।

त्यसैले यदि कुनै टोलीले भिन्न किसिमको नतिजा ननिकालेमा बेल्जियमले यस पटकको विश्वकप जित्ने सम्भावना देखिन्छ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.