8 years ago
June 13, 2018
मस्को (हाम्रो खेलकुद) – पुर्व अस्ट्रेलियन फुटबलर ह्यारी केवेल अस्ट्रलियाले विश्वकप फुटबलमा लामो यात्रा तय गर्नेमा बिस्वस्त छैनन्। उनी विश्वकप फुटबलको फाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र लियोनल मेस्सीको अर्जेन्टिना बीच प्रतिस्पर्धा भएको हेर्न इच्छुक रहेका छन्।
अर्जेन्टिना र पोर्चुगलको फाइनलमा भेटहुनका लागि भने अर्जेन्टिनाले समुह “डी” को बिजेता हुनु पर्नेछ भने पोर्चुगल समुह “बि” को उपविजेता हुनु पर्नेछ र दुवै टोलीले नकआउट चरणमा अन्य खेल जित्नु पर्ने देखिन्छ।
आइसल्याण्ड, क्रोएसिया र नाइजेरियासंगै समुह “डी” मा रहेको अर्जेन्टिनालाई समुह बिजेता हुन त्यति गाह्रो देखिंदैन। उता पोर्चुगल भने समुह “बि”मा स्पेन, मोरोक्को र इरानसंगै रहेकाले दोस्रो स्थान बनाउन सक्ने सम्भावना देखिन्छ।
रोनाल्डो र मेस्सी दुबैले विश्वकप फुटबलको उपाधि स्वाद चाख्न पाएका छैनन् र दुवै अर्जेन्टिना र पोर्चुगलको भेट समेत विश्वकप फुटबलमा भएको छैन। केवेल भन्छन्, “म अर्जेन्टिना र पोर्चुगलको फाइनल खेल हेर्न इच्छुक छु किनकि त्यो मेस्सी भर्सेस रोनाल्डो हुनेछ।“ केवेलले थपे, “मलाई लाग्छ त्यो एक परिक्षा हुनसक्छ जसले विश्वमा को उत्कृस्ट छन् भनेर प्रमाणित गर्नेछ। मलाई लाग्छ यो विश्वकपमा धेरै राम्रा खेलाडीहरु देखिनेछन्।“
सन् २०१४ को फिफा विश्वकप फाइनलमा मेस्सीको टोलि अर्जेन्टिनाले जर्मनी बिरुद्ध १-० को दुखदायी हार बेहोरेको थियो भने त्यसको केहि समयपछि कोपा अमेरिका फुटबलको फाइनलमा समेत हार बेहोरेको थियो।
यता रोनाल्डोले भने आफ्नो टोलि पोर्चुगलले सन् २०१६ मा युरोपियन च्याम्पियन बनेको देखेका थिए। तर त्यसअघि सम्पन्न विश्वकपमा भने पोर्चुगल समुह चरणबाट नै घर फर्किएको थियो।
अस्ट्रेलियाका लागि सन् २००६ को विश्वकपमा गोल गरेका केवेलले भने, “म आशा राख्दछु कि अस्ट्रेलिया समुह चरण पार गर्न सफल हुनेछ। मलाई थाहा छ मान्छेहरुले यसलाई धेरै ठुलो माग भन्नेछन तर अस्ट्रेलिया त्यस्तो समुहमा छ जहाँबाट हामी माथी आउन सक्छौं। म बुझ्छु कि हाम्रो पहिलो खुड्किलो नै फ्रान्स हो र त्यसपछि डेनमार्क हो तर हामीले यी दुई टोलीबाट केहि लिन सक्यौं भने पेरुको खेलबाट जस्तोसुकै नतिजा समेत आउन सक्छ।“
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]