default_image

8 years ago

June 14, 2018

स्टार खेलाडीहरु जो विश्वकपमा पुग्दा चोटग्रस्त थिए

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप फुटबल खेल्नु कुनै पनि फुटबल खेलाडीका लागि सपना नै हुन्छ । तर खेल अथवा प्रशिक्षण दौरान आउने चोटले उनको त्यो सपनामा धक्का पनि लाग्न जान्छ । तर कोही भने चोटग्रस्त हुनुका बावजुद प्रतियोगिता खेल्न गइरहेका हुन्छन् :

बेस्टिन स्वेन्सटिगर – २०१४

बेस्टिन स्वेन्सटिगर सन् २०१४ को विश्वकपमा पुग्दा चोटिल थिए। उनमा घुंडाको समस्या रहेको थियो। जर्मनीले खेलेको सुरुवाती दुई खेलमा मिडफिल्डर स्वेन्सटिगरले बेन्चबाट नै खेल नियालेका थिए। उनको अनुपस्थितिमा फिलिप ल्याह्मलाई मिडफिल्डमा सारिएको थियो। तर घाना बिरुद्धको खेलबाट कम्ब्याक गरेका स्वेन्सटिगरले त्यसपछिका सबै खेल खेल्दै जर्मनी विश्व च्याम्पियन बन्दा त्यसको अभिन्न अंग रहेका थिए।

क्रिस्टियानो रोनाल्डो – २०१४

सन् २०१४ को विश्वकप सुरु हुन लाग्दा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो घुंडाको चोटबाट बाहिरिएका थिए। उनले त्यसपछिका पोर्चुगलका दुई मैत्रीपूर्ण खेल समेत गुमाएका थिए। जर्मनी बिरुद्धको समुह चरणको खेलमा रोनाल्डो स्वस्थ भएर मैदान उत्रिएका थिए। तर समुह चरणमा घाना बिरुद्ध १ गोल मार गर्न सकेका रोनाल्डोले आफ्नो टोलि पोर्चुगललाई समुह चरणभन्दा माथि लैजान सकेनन्।

डिएगो कोस्टा – २०१४

Costa

सन् २०१४ को विश्वकप फुटबलमा डिएगो कोस्टाको सहभागिता बिबादमा रहेको थियो। च्याम्पियन लिग फाइनलमा ह्यामस्ट्रिन्गको समस्याबाट ग्रस्त बनेका कोस्टाले स्पेनको विश्वकप छनौट यात्रामा कुनैपनि खेल खेलेका थिएनन्। तर ब्राजिलबाट स्पेन गएका कोस्टाले स्पेनको टोलीबाट पहिलो दुई खेल खेल्दा धेरै ब्राजिल समर्थकले उनको बिरोध गरेका थिए।

डीडीएर ड्रोग्बा – २०१०

Image result for drogba

विश्वकप छनौट अन्तर्गत पांच खेलमा ६ गोल गरेका ड्रोग्बा, आइभरी कोस्टका मुख्य खेलाडी हुनेमा दुईमत नै थिएन। तर जापानसंगको मैत्रीपूर्ण खेलका क्रममा उनको हातमा समस्या आएपछि उनले त्यसको उपचार गराएका थिए। उनलाई हातमा रक्षात्मक कास्टको प्रयोग गर्न अनुमति प्राप्त भएसंगै उनले ब्राजिल बिरुद्धको खेलमा गोल समेत गरेका थिए।

आन्द्रे पिर्लो – २०१०

सन् २०१० को विश्वकप फुटबल अघिको मैत्रीपूर्ण खेलका क्रममा इटलीका आन्द्रे पिर्लो चोटिल भएका थिए। दक्षिण अफ्रिकामा सम्पन्न सो विश्वकप अन्तर्गत पिर्लोले इटालीको सुरुवाती दुई खेल गुमाएका थिए। पाराग्वे र न्युजील्याण्ड बिरुद्धको सो दुवै खेल बराबरीमा सकिएसंगै पिर्लोको पुनरागमन अझ महत्वपूर्ण भएका बखत स्लोभाकियासंग इटली ३-२ गोल अन्तरले पराजित भएको थियो।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.