default_image

8 years ago

June 13, 2018

हिएरो स्पेनका नयाँ प्रशिक्षक नियुक्त

100 views

0 Bookmark

मस्को (एजेन्सी)– स्पेन राष्ट्रिय फुटबल टोली एवंम् रियल म्याड्रिडका पूर्व कप्तान फर्नान्डो हिएरोलाई स्पेनले नयाँ प्रशिक्षक नियुक्त गरेको छ । विश्व कप सुरु हुन एक दिन मात्र बाँकी रहँदा जुलेन लोपेटुइगीलाई बर्खास्त गरेपछि स्पेनले हिएरोलाई प्रशिक्षक नियुक्त गरेको हो । भोलि स्पेनले पोर्चुगलको सामना गर्दै विश्व कपको सुरुवात गर्नेछ ।


रियलले मंगलबार मात्र जिनेदिन जिदानका उत्तराधिकारीका रुपमा लोपेटुइगीलाई टोलीको नयाँ प्रशिक्षक नियुक्त भएको सार्वजनिक गरेको थियो । स्पेन टोली निर्देशक समेत रहेका हिएरोले छोटो सुचनामा अचानक टोलीको कमान सम्हाल्नु पर्ने भएको छ । बुधबार नै उनले टोलीलाई प्रशिक्षण दिएका थिए ।

५० वर्षे हिएरोले रियलबाट तीन वटा च्याम्पियन्स लिग जितेका थिए । त्यस्तै स्पेनबाट उनले सन् १९९०, १९९४,१९९८ र २००२ विश्व कप खेलेका थिए । अल स्टार टोलीका रुपमा हेरिएको स्पेन २००२ विश्वकपको क्वार्टरफाइनलमा दक्षिण कोरियासँग पराजित भएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.