8 years ago
June 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल महाकुम्भ विश्वकप २०१८ आजबाट रुसमा सुरु हुंदैछ । पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्दै छ ।
आयोजक रुसको टोलीमा रक्षापंक्तिमा खेलाडीहरु घाइते रहेका छन् । अर्को तर्फ साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेर पुगिसकेका खेलाडीहरु धेरै छन् । दुवै टोली आफ्नो डिफेन्सका लागि नचिनिने भएकाले विश्वकपको पहिलो खेलमा धेरै गोल हुने अपेक्षा गरिएको छ ।
सम्भावित ११
रुस: एकिनफेभ, कुड्र्याशोभ, कुटेपोभ, ग्रानाट, झिरकोभ, गोलोभिन, झोबनिन, सामेडोभ, मिरानचुक, जागोएभ, स्मोलोभ
साउदी अरेबिया: अल-माउफ, अल-हार्बि, ओमार हसवी, ओसामा हसवी, अल-शाहरानी, ओटेफ, अल-फाराज, अल-दवसरी, अल-जसिम, अल-सेहरी, अल-सालवि
समय
खेल नेपाली समय अनुसार रातिको ८.४५ बजे सुरु हुने छ ।
प्रत्यक्ष प्रसारण
नेपाल टेलिभिजन, कान्तिपुर, सोनी लिभ, एक्सन स्पोर्ट्स, सोनी इएसपिएन, सोनी टेन २
अनुमान
रुस २-१ साउदी अरेबिया
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]