8 years ago
June 14, 2018
मस्को (एजेन्सी) – फुटबलको महाकुम्भ विश्वकप २०१८ आज रुसमा सुरु हुंदैछ । आजको ८.४५ मा सुरु हुने उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै छन् । आजको खेलमा हेर्न लायक दुई खेलाडी यी रहेका छन्:
फेडोर स्मोलोभ (रुस)
डिफेन्स र मिडफिल्डतिर धेरै खेलाडी घाइते रहेकाले रुसले बढी आक्रामक खेल खेल्ने अनुमान गरिएको छ । रुसका लागि अग्रपंक्तिको कमान सम्हालेका छन् २८-वर्षे फेडोर स्मोलोभ । कुनै बेला गोलको कमिका लागि आलोचित दुई स्मोलोभ दुई वर्षयता निकै लयमा छन् । रुसको घरेलु लिगमा एफसी क्रासनोडारबाट खेल्दै आएका स्मोलोभले अघिल्लो दुई सिजनमा ३२ गोल गरेका छन् । स्मोलोभले आफ्नो ३० राष्ट्रिय खेलमा १२ गोल पनि गरेका छन् – जसमध्ये गत नोभेम्बर स्पेअनविरुद्ध २ गोल पनि रहेको छ ।
अल-साहलावी (साउदी अरेबिया)

मोहम्मद अल-साहलावीले आफ्नो ३७ अन्तराष्ट्रिय खेलमा २८ गोल गरेका छन् । अल-साहलावीले म्यानचेस्टर युनाइटेडसंग प्रशिक्षण पनि गरिरहेका थिए । साउदी अरेबियाको छनौटमा उनले २ गोल र ३ असिस्ट गरेका थिए भने मैत्रीपूर्ण खेलहरुमा ३ गोल पनि गरेका छन् । जर्मनीविरुद्ध हालै खेलिएको मैत्रीपूर्ण खेलमा पनि उनको प्रदर्शन राम्रो रहेको थियो । पेनाल्टीबाट उनी त्यस खेलमा चुके थिए तर सो प्रहार लगत्तै साउदी गोल गर्न सफल भएको थियो । आज पनि उनको भुमिका निकै महत्त्वपूर्ण हुने छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]