8 years ago
June 14, 2018
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले अनुवभसहितको युवा इङ्ल्यान्ड टोलीले बिहीबारबाट सुरु हुने विश्व कपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । समूह जीमा रहेको गारेथ साउथगेटको इङ्ल्यान्डले सोमबार ट्युनेसियासँग प्रतिस्पर्धा गर्दै विश्व कपको सुरुवात गर्नेछ ।
साउथगेटको टोलीमा रहेका युवा खेलाडीमा अन्तर्राष्ट्रिय अनुभवको नभएपनि च्याम्पिपयन्स लिग खेलेका कारण त्यो अनुभव फाइदा हुने अनुमान गरिएको छ । म्यानचेस्टरका फिल जोन्स, एस्ले योङ, जिसे लिङ्गार्ड र मार्कुस रासफोर्ड सम्मिलित इङ्ल्यान्डले रसियामा उच्च प्रदर्शन गर्नेमा माउरिन्हो विश्वस्त छन् ।
‘उनीहरु युवा भएपनि अनुभवी खेलाडी छन् । सबैले प्रतिस्पर्धात्मक खेल खेलेका छन्,’ उनले भने, ‘टोलीमा रहेको अधिकांश खेलाडी प्रिमियर लिगमा खेल्छन् । त्यसमध्ये कतिले च्याम्पियन्स लिग खेलेका छन् । निश्चिय नै त्यो फुटबलको स्तर अनुभव हो । मलाई लाग्छ उनीहरुले राम्रो गर्नेछन् ।’
जर्मनी, फ्रान्स, स्पेन र ब्राजिललाई दाबेदार मान्ने माउरिन्होले तर टोलीहरुले सचेत हुनुपर्ने सुझाव दिएका छन् । ‘उनीहरुको खेलाडी क्षमतावान छन् । तर, त्यसमा सधै राम्रो टोली हुन्छ भन्ने छैन,’ उनले भने, ‘कहिले काही ठिकैका खेलाडी भएको टिमले पनि राम्रो प्रदर्शन गरिरहेका हुन्छन । तर मलाई लाग्दैन अन्डरडक टोलीले यसपटक धेरै आश्चार्यजनक निकाल्नेछन् ।’ उनले दक्षिण अमेरिकी र युरोपको टोलीबीच विश्वकप उपाधिका लागि प्रतिस्धर्पा हुने अनुमान गरे ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]