8 years ago
June 14, 2018
रियो दि जेनेरियो (एजेन्सी)– ब्राजिलियन विश्व कप विजेता टोलीका सदस्य रोर्बटो कालोर्सले यदि लियोनल मेस्सी ब्राजिलमा जन्मेको भए अहिले सम्म विश्व कप जितिसक्ने बताएका छन् । विश्व फुटबलकै अहिले सम्मका उत्कृष्ट खेलाडी मध्येका एकका रुपमा हेरिएका मेस्सीले क्लबमा सबै खाले उपलब्धी हासिल गरेपनि राष्ट्रिय टोलीबाट भने ठूलो उपाधि जितेका छैनन् ।
पटक पटक ठूलो सफलताको नजिक पुगेर पनि मेस्सी र उनको टोली असफल हुँदै आएको छ । सन् २०१४ को विश्व कप फाइनलपछि सहित तीन पटक अर्जेन्टिना उपाधि विमुख भएको थियो । ब्राजिलियन महान खेलाडीमध्येका एक कार्लोसले मेस्सी ब्राजिलमा जन्मेको भए सबै खाले उपाधि उनीसँग हुने बताएका छन् । कार्लोसले भने, ‘यदि मेस्सी ब्राजिलमा जन्मन्थे भने उनले विश्वकप जितिसकेका हुन्थे ।’
मेस्सीका विषयमा उनले विवादित बयान दिएको भन्दा पनि फुटबल समूहगत खेल भएको प्रष्ट पार्न खोजेका छन् । मेस्सीको क्षमतामाथिको प्रश्न भन्दा पनि भाग्यको साथ नरहेका कारण उनले अहिले सम्म विश्व कप उचाल्न नसकेको तर्क गर्ने पनि छन् ।
मेस्सीले पटक पटक ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता टोलीलाई फाइनल सम्म पुर्याएपनि उपाधि जिन सकेका छ्रैनन् । अर्जेन्टिना पछिल्लो विश्व कपको फाइनल र त्यसपछि २०१५ र २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलिसँग पराजित भएको थियो ।
निकै उतार चढाव बेहोर्दै आएको अर्जेन्टिनाको यसपटकको विश्व कप छनोट पनि कठिन रहेको थियो । त्यहि प्रदर्शनका आधारणमा अर्जेन्टिना यसपटकको विश्व कपमा धेरै अगाडि जान नसक्ने अनुमान गर्नेहरु पनि छन् । यद्दपी, त्यति हुँदा हुँदै पनि मेस्सीको क्षमतामाथि भने कसैलाई शंका छैन । विगतमा जस्तै उनले पनि टोलीलाई उपाधि नजिकसम्म पुर्याए भने आश्चार्य हुने छैन ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]