default_image

8 years ago

June 15, 2018

इजिप्ट विरुद्ध उरुग्वे – खेल जानकारी र अनुमान

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ हिजोदेखि सुरु भएको छ र समूह ‘ए’को पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५-० ले हराउन सफल भयो । आज समूह ‘ए’ को अर्को खेलमा इजिप्ट र उरुग्वे भिड्दै छन् ।

फिफा वरियतामा १४ औं स्थानमा रहेको उरुग्वे रक्षापंक्ति तथा अग्रपंक्ति दुवैमा बलियो रहेको छ । डियगो गोडिन र फर्नान्डो मुस्लेरा उरुग्वेको डिफेन्समा अनुभवी नाम हो । त्यस्तै लुइस स्वारेज र एडिन्सन काभानीसम्मिलित अग्रपंक्ति प्रतियोगिताकै आक्रामकमध्ये एक रहेको छ ।

इजिप्टको आशा भने उसका स्टार फरवार्ड मोहम्मद सालाह नै रहेका छन् । लिभरपुललाई च्याम्पियन्स लिग फाइनलसम्म पुर्‍याएका सालाह फाइनल खेलमा घाइते भए पनि आज खेल्ने अनुमान गरिएको छ ।

सम्भावित सुरुवाति ११

उरुग्वे – मुस्लेर, केसिरेस, गोडिन, गिमिनेज, भरेला, भेसिनो, बेन्टाकुर, आरासकाएटा, स्वारेज, काभानी
इजिप्ट – एल-हार्दि, फाथि, गाबर, शाफि, हामद, एल नेनि, साइद, सोभि, सालाह, मोहसेन

प्रत्यक्ष प्रसारण

नेपाल टेलिभिजन, कान्तिपुर, एक्सन स्पोर्ट्स, सोनि टेन २

समय

खेल नेपाली समयअनुसार ५.४५ मा सुरु हुने छ ।

अनुमान

उरुग्वे २-० इजिप्ट

यस खेलमा तपाईंको अनुमान के रहेको छ?

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.