default_image

8 years ago

June 15, 2018

मोरक्को विरुद्ध इरान – खेल जानकारी, अनुमान र हेर्नलायक खेलाडी

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आज विश्वकप समूह ‘बि’ अन्तर्गत पहिलो खेल ८.४५ बजे खेलिने छ र त्यसमा इरान र मोरक्को भिड्दै छन् ।

मोरक्को आफ्नो डिफेन्सका लागि चिनिने राष्ट्र हो । छनोट चरणमा मोरक्कोले ६ लगातार क्लिन शिट पनि राखेको थियो । त्यस्तै अग्रपंक्तिमा पनि खलिब बुतेब र हाकिम जेयचले मरोक्कोको गोलको कमान सम्हाल्ने छन् ।

अर्को तर्फ इरान पनि एसियाबाट सजिलैले छनोट हुन सफल भएको हो । तुलनात्मक रुपमा कमजोर विपक्षीहरुसंग खेले पनि इरानले आफ्नो ९ मध्ये ६ मैत्रीपूर्ण खेल जित्न सफल भएको थियो ।

सम्भावित सुरुवाति ११

मोरक्को – मुनिर; हाकिमी, बेनाटिया, साइस, डिरार, अहमदी; आम्राबट, बुसुफा, बेल्हान्डा, जेयच; बुतेब
इरान – बेरान्भान्ड; मोहमदी, पुरलिगन्जी, चेस्मी, राजेन; तारेमी, हज्सफी, सोजे, एब्राहिमी, जहनबक्स; अज्मुन

प्रत्यक्ष प्रसारण

नेपाल टेलिभिजन, कान्तिपुर, एक्सन स्पोर्ट्स, सोनी टेन २

समय

खेल नेपाली समय अनुसार ८.४५ बजे सुरु हुने छ ।

हेर्नलायक खेलाडी

हाकिम जियेच (मोरक्को), सर्दार अज्मुन (इरान)

अनुमान

मोरक्को १-० इरान

तपाईंको अनुमानमा यो खेल कसले जित्ने छ?

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.