8 years ago
June 15, 2018
एजेन्सी (एक्तारिनवर्ग) – इजिप्टका फरवार्ड मोहम्मद सलाह उरुग्वेविरुद्धको खेलमा शुरुवाती ११ भन्दा बाहिर रहेका छन् ।
फिफा विशवकप अन्तर्गत केही बेरमा शुरु हुने समूह ‘ए’ को उरुग्वेविरुद्धको खेलमा इजिप्टका फरवार्ड सलाहले चोटका कारण शुरुवाती ११ मा स्थान बनाउन नसकेको प्रशिक्षक हेक्टर कुपरले बताएका छन् ।
सलाहलाई गत महिना च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विरुद्धको फाइनल खेलमा काँध इन्जुरी हुन पुगेका थिए । त्यसयता उनी उपचाररत रहँदै आएका छन् ।
प्रशिक्षक कुपरले सलाहले इजिप्टविरुद्धको खेलमा शुरुवाती–११ मा रखेल्ने बताएपनि चोट पूर्ण रुपमा ठीक नभएका कारण नखेलाएको बताएका छन् । सलाहकै उच्च प्रदर्शनमा इजिप्टले २८ वर्षपछि विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।
यस सिजन उच्च लयमा रहेका सलाहले इंग्लिस क्लब लिभरपुलका लागि यस सिजन ४४ गोल गर्न सफल भएका थिए । यस्तै इजिप्टका भेट्रान गोलरक्षक इसान अल हाडारेले पनि शुरुवाती–११ मा स्थान बनाउन सकेको छैनन् । ४५ वर्षका इसान रसिया विशवकपको सबैभन्दा पाका खेलाडी हुन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]