default_image

8 years ago

June 16, 2018

अर्जेन्टिना विरुद्ध आइसल्यान्ड – खेल जानकारी, अनुमान र हेर्नलायक खेलाडी

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – समूह ‘डि’ को पहिलो खेल तथा आज शनिबारको दोस्रो खेलमा विश्वकप दाबेदार अर्जेन्टिना र विश्वकपमा पहिलो पटक भाग लिंदै गरेको आइसल्यान्ड भिड्दै छन् ।

विश्वकपमा छनोट हुन अर्जेन्टिनाले कठिन यात्रा गर्नु परेको हो । त्यस्तै मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनसंग ६-१ ले पराजित भएपछि अर्जेन्टिनालाई अरु दाबेदारको तुलनामा कम्जोर मानिएको छ । तर, लियोनल मेस्सी सम्मिलित अर्जेन्टिना आकर्षक सुरुवात गर्दै बलियो दाबेदारको रुपमा आफूलाई उभ्याउन चाहन्छ ।

२०१४ को विश्वकप उपविजेता रहेको अर्जेन्टिनाका लागि उसका गोलकिपर रोमेरो र मिडफिल्डर म्यानुयल लान्जिनी घाइते रहेका छन् । आज अग्रपंक्तिमा मेस्सीलाई डि मारिया, गोन्जालो हिग्वाइन र म्याक्सी मेजाको साथ रहने छ ।

अर्को तर्फ, युरोकप २०१६ मा सोचेभन्दा निकै उत्कृष्ट प्रदर्शन गरेको आइसल्यान्ड सोही प्रदर्शन विश्वकपमा दोहोर्‍याउन चाहन्छ । आइसल्यान्डका लागि मिडफिल्डर गिल्फी सिगर्डसनको फिटनेस मुख्य चासोको विषय हुने छ ।

सम्भावित सुरुवाति ११

अर्जेन्टिना – काबालेरो; फाजियो, बुस्टोस, टागलियाफिको, ओटामेन्डी; मासेरानो, लो सेल्सो, डि मारिया, मेजा, मेस्सी; हिग्वाइन
आइसल्यान्ड – हालडोर्सन; माग्नुसन, रागनार सिगर्डसन, आर्नासन, सेभरसन, जार्नासन, गुनरसन, सिगर्डसन, गुडमुनसन; सिगरडार्सन, फिन्बोगासोन

प्रत्यक्ष प्रसारण

नेपाल टेलिभिजन, कान्तिपुर, एक्सन स्पोर्ट्स, सोनी टेन २

समय

यस खेल नेपाली समय अनुसार साँझको ६.४५ बजे सुरु हुने छ ।

हेर्नलायक खेलाडी

लियोनल मेस्सी (अर्जेन्टिना)
केरी आर्नासन (आइसल्यान्ड)

अनुमान

अर्जेन्टिना २-० आइसल्यान्ड

तपाईंको अनुमानमा यस खेलको नतिजा के हुने छ?

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.