default_image

8 years ago

June 16, 2018

पेरु विरुद्ध डेनमार्क – खेल जानकारी, अनुमान र हेर्नलायक खेलाडी

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप समूह ‘सी’ को दोस्रो खेल तथा आजको तेस्रो खेलमा दक्षिण अमेरिकी राष्ट्र पेरु र युरोपेली राष्ट्र डेनमार्क भिड्दै छन् ।

रक्षापंक्ति निकै बलियो रहेको डेनमार्कको गोलको मुख्य श्रोत क्रिस्टियन एरिक्सन रहेका छन् । छनोट चरणमा उनले ११ गोल पनि गरेका थिए । अर्को तर्फ, पेरु आफ्नो आक्रामक खेलका लागि चिनिन्छ र उसको कप्तान पाउलो गुरेरोको प्रतिबन्ध फुकुवा भएका कारण पेरुको मनोबल पनि उच्च रहेको छ । समूह ‘सी’ मा उपविजेता रहनका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ ।

प्रत्यक्ष प्रसारण

नेपाल टेलिभिजन, कान्तिपुर, एक्सन स्पोर्ट्स, सोनी टेन २

समय

यस खेल नेपाली समय अनुसार रातिको ९.४५ बजे सुरु हुने छ ।

हेर्नलायक खेलाडी

पाउलो गुरेरो (पेरु)
क्रिस्टियन एरिक्सन (डेनमार्क)

अनुमान

पेरु १-१ डेनमार्क

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.