default_image

8 years ago

June 16, 2018

हौसिएको अष्ट्रेलियामाथि फ्रान्सको सुखद अपेक्षा

110 views

0 Bookmark

एजेन्सी (काजान)- रसिया विश्वकप फुटबलमा उपाधिको दावेदार मध्येको एक फ्रान्सले शनिबार अष्ट्रेलियाविरुद्ध खेल्दै विश्वकपको शुरुवात गर्नेछ । खेल काजानस्थित काजान एरिनामा नेपाली समयअनुसार ३.४५ बजेपछि शुरु हुनेछ ।

यी दुई टिम अहिलेसम्म ३ पटक आमने–सामने भएका छन् । जसमा दुवै टिमले समान १ जित, हार र बराबरीको नतिजा निकालेको छ । यी दुई टिमबीच पछिल्लोपटक २०१३ मा मैत्रीपूर्ण खेल भएको थियो । जसमा फ्रान्सले ६–० को फराकिलो जित निकालेको थियो । त्यसयता भने यी दुई टिमबीच भेट भएको छैन ।

त्यसैले पछिल्लो नतिजा हेर्दा फ्रान्स अष्ट्रेलियमाथि हावी हुने देखिएको छ । अष्ट्रेलियामाथि जितसहित फ्रान्स विश्वकपको सुखल शुरुवात गर्ने लक्ष्यमा हुनेछ । यसपटक फ्रान्सको टिम निक्कै सशक्त बनेको छ । त्यसैले अष्ट्रेलियाविरुद्धको खेलमा सहज जित हात पार्नेमा फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्स ढुक्क छन् ।

फ्रान्सको हरेक पोजिसनमा शुरुवाती ११ सहित बेञ्च पनि निकै बलियो छ । टिममा यस सिजन उत्कृष्ट लयमा रहेको एन्टोअन ग्रिजम्यान फ्रान्सको मुख्य हतियार हुनेछन् । ग्रिजम्यानलाई पाउल पोग्बा, किलियन एमबाप्पे, स्यामुयल उम्मिटी, ह्युगो लाोरिस, एङ्गोलो कान्टे, राफेल भरान, थोमस लेमार र औसमाने डिम्वेलेजस्ता विश्वस्तरका खेलाडीले साथ दिनेछ । उनीहरूमा कुनै पनि समय खेललाई परिवर्तन गर्न सक्ने क्षमता रहेको छ ।

तर, विश्वकप अघिको अभ्यास खेलमा भने फ्रान्सको प्रदर्शन सन्तोषजनक रहेको छैन । विश्वकपबाट बाहिर रहेको इटालीलाई ३–१ ले पराजित गरेको फ्रान्स दोस्रो मैत्रीपूर्ण खेलमा भने अमेरिकासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । यस्तो अवस्थामा फ्रान्सलाई अष्ट्रेलियाविरुद्धको खेल निकै नै महत्वपूर्ण हुने गर्दछ ।

यता, एसियाली राष्ट्र अष्ट्रेलिया पहिलो खेलमा फ्रान्सलाई स्तब्ध पार्दै अघि बढ्ने लक्ष्यमा हुनेछ । लगातार चौथोपटक विश्वकप फुटबल खेल्न लागेको अष्ट्रेलिया चार वर्षअघिको ब्राजिल विश्वकपमा पीडालाई बिर्सदै आफ्नो प्रभाव देखाउने लक्ष्यमा हुनेछ । अभ्यास खेलमा चेक रिपब्लिक जस्तो बलियो टोलीलाई ४–० ले तथा हंगेरीलाई २–१ ले पराजित गरेर आत्मविश्वासी देखिएको अष्ट्रेलिया त्यही प्रदर्शनलाई फ्रान्सविरुद्ध देखाउने लक्ष्यमा हुनेछ ।अष्ट्रेलियासँग टिम काहिलजस्ता भेट्रान फरवार्डको साथ रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.