8 years ago
June 17, 2018
मस्को (एजेन्सी) – विश्वकप समूह ‘ई’को पहिलो खेलमा सर्बियाले कोस्टा रिकालाई १-० ले हराएको छ ।
पहिलो हाफ सर्बिया हावी देखिए पनि गोल गर्न सफल भएको थिएन । दोस्रो हाफको ५६ औं मिनेटमा भने रोमाका डिफेन्डर एलेक्जान्डर कोलारोभको फ्रिकिक गोलमा सर्बियाले अग्रता लिन सफल भएको हो ।
कोलारोभको सुन्दर फ्रिकिकले रियल म्याड्रिडका गोलकिपर केलर नाभासलाई बिट गरेको हो । यस जितसंगै सर्बियाले समूह ‘ई’मा ३ महत्त्वपूर्ण अंक हात पार्न सफल भयो । समूहको अर्को खेलमा ब्राजिल र स्विट्जरल्यान्ड ११.४५ बजे भिड्दै छन् भने केही बेरमा समूह ‘एफ’को खेलमा जर्मनी र मेक्सिको उत्रिने छन् ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]