8 years ago
June 18, 2018
सोची (एजेन्सी) – बेल्जियम रसिया विश्वकपको उपाधिको दाबेदार टिममध्येको एक टोली हो । स्टार खेलाडीहरूले भरिएको बेल्जियमले आज विश्वकपको नवप्रवेशी पानामाको सामना गर्दै रसिया विश्वकपको सुरुवात गर्नेछ । बेल्जियम र पनामाबीचको खेल सोचीस्थित फिस्ट स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि सुरु हुनेछ ।
स्टार खेलाडीहरूले भरिएको बेल्जियम पनामाविरुद्ध निश्चित जितसहित मैदान उत्रने पक्का छ । इतिहासकै स्वर्णिम टोली बनेको बेल्जियमसँग अहिले टोलीसँग इडेन हजार्ड, रोमेलु लुकाकु, केभिन डि ब्रुयन र थिवाउट कोर्टियसजस्ता प्रतिभाशाली खेलाडीहरूको साथ छ । त्यसैले, बेल्जियम पनामाविरुद्ध हावी हुने पक्का छ ।
‘डार्क हर्स’को उपनाम पाएको बेल्जियमले अन्तर्रा्ष्ट्रिय फुटबलमा चिनिएको त्यति लामो समय भएको छैन । हुन त बेल्जियम १९३० कै विश्वकप खेल्ने टिमहरूमध्येको एक टोली हो । विश्वकपमा विभिन्न आरोह खेपेको बेल्जियम २०१४ को विश्वकपमा आफ्नो छवि परिवर्तन गर्दै बलियो टोलीका रूपमा उदय भएर आयो ।
१२ वर्षपछि ब्राजिल विश्वकपमा फर्किएको बेल्जियमले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दै विश्व फुटबलमा बेल्जियम बलियो टोलीका रूपमा उदायो । विश्वकप छनोटमा पनि एक खेल पनि नहारी रसियाको टिकट काट्न सफल भएको बेल्जियम पनामालाई सहजै पन्छाउने रणनीतिमा हुनेछ ।अग्रपंक्तिमा कप्तान इडेन हजार्डसँगै रोमेलु लुकाकु रहँदा पनामालाई टाउको दुखाइ बन्न सक्छ । यस्तै मिडफिल्डमा केभिन डि ब्रुयन हुंदा गोलरक्षक थिवाउट कोर्टियस रहनुले पनि बेल्जियम साँच्चिकै बलियो देखिएको छ ।
यता विश्वकपमा पहिलोपटक सहभागिता जनाएको पनामा बेल्जियमविरुद्ध इतिहास बनाउने लक्ष्यसहित मैदान उत्रनेछ । विश्वकपमा अनुभव बटुल्ने अवसरका रूपमा लिइएको पनामामा ठूला टिमलाई स्तब्ध बनाउन सक्ने क्षमता छ । पनामामा ठूला क्लबहरूमा नखेलेका खेलाडीहरू नरहे पनि पनामाले बेल्जियमविरुद्ध अंक खोस्ने रणनीतिमा रहनेछ ।
विश्वकप छनोटमा कोस्टारिकामाथि प्राप्त २–१ को जितले कोन्काफ क्षेत्रबाट तेस्रो स्थान हासिल गर्दै पहिलोपटक कुम्भमेलामा स्थान बनाउन सफल भएको हो । नयाँ टोली पनामालाई यो विश्वकप अुनभव बटुल्ने अवसर मात्र हुनेछ । समूहमा पानामालाई ‘अन्डर डग’ बन्न सक्ने टोलीका रूपमा पनि हेरिएको छ । यी दुई टोली कुनै पनि प्रतियोगितामा पहिलोपटक आमने सामने हुन लागेका हुन् ।
अनुमान
बेल्जियम ३-० पानामा
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]