8 years ago
June 18, 2018
मस्को (एजेन्सी) – रसियामा अहिले २१ औं संस्करणको रसिया विश्वकपको समुह चरणको खेलहरु जारी रहेको छ । समूह चरणमा उपाधिको दावेदार मानिएका टोली जर्मनी मेक्सिकोसँग १–० ले स्तब्ध हुदा उपाधिको अर्काे दावेदार ब्राजिल स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ ।
समूह चरण अन्तर्गत आज राति पनि तीन खेल हुदैछन् । आजको पहिलो खेलमा स्वीडेनले दक्षिण कोरियाको सामना गर्दैछ । दोस्रो खेलमा बेल्जियमले नव प्रवेशी पानामाको तथा आजको अन्तिम खेलमा ट्युनिसियाले इंग्ल्याण्डको सामना गर्दैछ ।
समूह चरण
खेल नम्वरः ११
रसियाविरुद्ध साउदी अरेबिया (५–०)
इजिप्टविरुद्ध उरुग्वे (०–१)
मोरक्कोविरुद्ध इरान (०–१)
पोर्चुगलविरुद्ध स्पेन (३–३)
फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
पेरुविरुद्ध डेनमार्क (०–१)
क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
जर्मनीविरुद्ध मेक्सिको (०–१)
ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
गोल सङ्ख्याः २५ गोल
पहिलो हाफः १० गोल
दोस्रो हाफः १५ गोल
पेनाल्टी गोलः ३ गोल (रोनाल्डो–पोर्चुगल, ग्रिजम्यान–फ्रान्स) र लुका मोड्रिक–क्रोएसिया)
पेनाल्टी मिसः २ गोल (मेस्सी–अर्जेन्टिना र क्रिष्टियन कुयुभा–पेरु)
फ्रिकिक गोलः ३ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल र एलेक्ससान्डर कोलारोभ–सर्विया)
आत्मघाती गोलः २ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया)
ह्याट्रिकः १ (रोनाल्डो, पोर्चुगलविरुद्ध स्पेन)
सव्सिच्युट खेलाडीको गोलः ३ गोल (डेनिस चेरेसेभ र अर्टिम ज्युुभा (रसिया)
सर्वाधिक गोलकर्ताः ३ गोल (क्रिष्टियानो रोनाल्डो –पोर्चुगल) २ गोल (डेनिस चेरेसेभ रसिया र डिएगो कोष्टा, स्पेन)
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]