8 years ago
June 18, 2018
मस्को (एजेन्सी) – विश्वकप फुटबलअन्तर्गत आइतबार राति युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्डले ट्युनिसियाको सामना गर्दै छ । खेल नेपाली समयअनुसार भोल्गोग्राड एरिनामा राति ११ः४५ बजेपछि सुरु हुनेछ ।
युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्ड आफ्नो पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर ट्युनिसियालाई सहजै पराजित गर्दै दोस्रो चरण प्रवेशलाई सहज बनाउने लक्ष्यमा हुनेछ । हरेक विश्वकपमा दाबेदार टिमका रूपमा रहेको इंग्ल्यान्ड रसिया विश्वकपमा पनि दाबेदार टिममध्येको एक टोली हो । तर, इंग्ल्यान्ड हरेक संस्करणका विश्वकपहरूमा कागजमा मात्रै बलियो देखिँदै आएको छ ।
इंग्ल्यान्डलाई बलियो देखिनुको कारण त्यहाँ हुने विश्वले नै रुचाउने र सबैभन्दा बढी हेरिने इंग्लिस प्रिमियर लिगले हुन सक्छ । यही लिगमा पनि इंग्ल्यान्डका खेलाडीहरूले पनि उत्कृष्ट खेल पस्किरहेका हुन्छन् । अहिले इंग्लिस टोलीमा युवा खेलाडीहरूको जमात छ । इंग्ल्यान्ड यही युवा टोलीको भरमा विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ । इंग्ल्यान्डले विश्पकप जित्न नसकेको ५२ वर्ष पुगिसकेको छ । एकपटकको उपाधि विजेता इंग्ल्यान्ड १९९० मा सेमिफाइनलमा पुग्नु त्यसपछिको सबैभन्दा ठूलो उपलब्धि हो ।
त्यसयताका २००२ र २००६ को विश्वकपमा इंग्ल्यान्ड क्वार्टरफाइनलसम्म मात्र पुग्न सक्यो । २०१४ को विश्वकप भने इंग्ल्यान्डका लागि बिर्सनलायक नै बन्यो । इटाली, उरुग्वे र कोस्टारिका रहेको समूहबाट इंग्ल्यान्ड जितविहीन हुँदै घर फर्कियो । अहिले समय फेरिएको छ । त्यतिबेलाका चर्चित स्ट्राइकर वाइने रोनीको बर्हिगमन भैसक्दा नयाँ स्टारको रूपमा ह्यारी केन, मार्काेस रासफोर्ड, जेमी भार्डी र रहिम स्ट्रलिङजस्ता स्टार खेलाडीहरूको जन्म भएसकेको छ ।
यिनै युवा खेलाडीको भरमा इंग्ल्यान्ड ट्युनिसियामाथि हावी हुने देखिएको छ । प्रशिक्षक ग्यारेथ साउथगेटले अधिकांश युवा खेलाडीलाई यसपटकको विश्वकपमा विश्वास गर्दै इंग्ल्यान्डले लामो यात्रा तय गर्नेमा आशावादी छन् । अभ्यास खेलमा नाइजेरियामाथि प्राप्त २–१ को तथा कोस्टारिकामाथि प्राप्त २–० को जितले पनि इंग्ल्यान्ड हौसिएको छ । इंग्ल्यान्डले २४ जुनमा विश्वकपमा पहिलोपटक छानिएको पनामासँग र २८ जुनमा बेल्जियमसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ ।
यता, ट्युनिसिया इंग्ल्यान्डको जोसलाई निस्तेज पार्ने लक्ष्यमा रहनेछ । नकआउट चरणको लक्ष्यमा रहेको अफ्रिकी टोली ट्युनिसिया बलियो मानिएको इंग्ल्यान्ड र बेल्जियमलाई बराबरीमा रोकेर नव प्रवेशी पनामालाई पराजित गर्ने लक्ष्यमा हुनेछ । हालसम्मका विश्वकपमा ट्युनिसिया नकआउट चरणभन्दा माथि उठ्न सकेको छैन । विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ट्युनिसियाले टर्कीलाई २–२ गोलको बराबरीमा रोक्दा उपाधिको दाबेदार स्पेनसँग १–० को झिनो हार बेहोरेको थियो ।
यी दुई टिमले अहिलेसम्म एकपटक मात्रै प्रतिस्पर्धा गरेका छन् । १९९८ को विश्वकपमा प्रतिस्पर्धा गरेपछि यी दुई टोली पहिलोपटक खेल्न लागेका हुन् । सो खेलमा इंग्ल्यान्डले २–० ले बाजी मारेको थियो ।
अनुमान
इंग्ल्यान्ड २-० ट्युनिसिया
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]