8 years ago
June 19, 2018
मस्को (एजेन्सी)– विश्वकप फुटबलमा आज समूह चरण अन्र्तगतको पहिलो चरणका अन्तिम खेलहरु हुदैछ । मंगलबार राति समूह ‘एच’ को खेलमा एसियाली पावर हाउसको जापानको सामना गर्दै छ । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेपछि मोर्डोभिया एरिनामा सराङसमा हुनेछ ।
विश्वकपको उपाधि जित्ने योजनामा रहेको कोलम्बिया पहिलो खेलमा जापानलाई निराश पार्दै दोस्रो चरण पुग्ने लक्ष्यलाई सहज बनाउने योजनामा हुनेछ । कोलम्बियासँग हामेस रोड्रिग्वेजको साथै सदावहार स्ट्राइकर राडामेल फल्काओ, जुवान कोर्डाडो डेभिड ओस्पिना र यारी मीनाजस्ता विश्वस्तरको खेलाडीहरूको साथ रहेको छ ।
कोलम्बियाका म्यानजर जोसे पिकरम्यानले टिमले पहिलो खेलमा सफलता हात पार्नेमा विश्वस्त रहेको बताए । तर, कोलम्बियाको विश्वकप छनोट यात्रा भने माध्यम बनेको थियो । कोलम्बिया दक्षिण अमेरिकी छनोटमा चौथो स्थान हात पार्दै विश्वकपमा छनोट हुन सफल भएको थियो । १८ खेलमध्ये कोलम्बियाले ७ खेलमा जित, ६ बराबरी र ५ खेलमा हार बेहोरेको थियो ।
विश्वकप छनोटमा औसत प्रदर्शन गरेको कोलम्बियाले विश्वकप अघिको दुई मैत्रीपूर्ण खेलमा पनि बराबरीमो नतिजा निकालेको थियो । अस्ट्रेलियासँग बराबरी खेलेको कोलम्बियाले इजिप्टसँग पनि गोलरहित बराबरी खेलेको थियो । लगातार दुई खेलमा गोल गर्न नसकेको कोलम्बिया जापानविरुद्धको खेलमा गोलको खडेरी तोड्ने योजनामा हुनेछ ।
कोलम्बियाको अग्रपंक्तिमा हामेस रोड्रिग्वेज र राडामेल फल्काओले सम्हाल्नेछन् । यता, एसियाली पावर हाउस जापान पहिलो खेलमा बलियो कोलम्बियाविरुद्ध मैदानमा उत्रँदा अंक नगुमाउने रणनीतिमा हुनेछ । जापानले कोलम्बियालाई कम्तीमा पनि बराबरीमा रोक्ने लक्ष्यमा हुनेछ । लगातार छैटांैपटक विश्वकप खेल्न लागेको जापानले दोस्रो चरण पार गर्न सकेको छैन ।
यस्तो अवस्थामा जापान पहिलो खेलमा कोलम्बियालाई रोक्दै बाँकी दुई खेलमा जित हात पार्दै नकआउट चरण पुग्ने योजनामा हुनेछ । सन् २००२ मा आफंैले आयोजना गरेको विश्वकपमा पनि जापान प्रि–क्वार्टरफाइनल भन्दा अघि बढ्न सकेन । जापानी प्रशिक्षक आकिरा निसिनोले पुराना र युवा खेलाडी समेटेर सन्तुलित टोली बनाएका छन् ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]