default_image

8 years ago

June 19, 2018

रसिया दोस्रो जितको खोजीमा, दबाबमा इजिप्ट

114 views

0 Bookmark

पिटर्सवर्ग (एजेन्सी)– २१औं संस्करणको रसिया विश्वकपमा मंगलबारबाट समूह चरण अन्र्तगतको दोस्रो चरणका खेलहरू सुरु हुँदै छ । समूह ‘ए’ को लिग चरणको दोस्रो खेलमा आयोजक रसियाले इजिप्टको सामना गर्नेछ । खेल मंगलबार राति ११ः४५ बजेपछि सेन्ट पिटर्सवर्ग एरिनामा हुनेछ ।

समूह चरणको पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को फराकिलो जित निकालेको आयोजक रसिया इजिप्टलाई पनि पराजित गर्दै नकआउट चरण पुग्ने लक्ष्यमा हुनेछ । साउदीलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दा म्यानेजर स्टानिस्लाभ चेर्चेसेभले दुई खेलाडीलाई सुपर सब गरेका थिए । उरुग्वेविरुद्धको खेलमा चोटका कारण पहिलो रोजाइमा नपरेका इजिप्टका फरवार्ड मोहम्मद सलाह खेल्ने पक्का भएपछि रसियाका डिफेन्डर उनलाई रोक्ने प्रयासमा हुनेछन् ।

खेल अघिको प्रि–म्यान कन्फ्रेसमा रसियाका प्रशिक्षक चेर्चेसोभले मोहम्मद सलाहलाई रोक्न सक्ने क्षमता टिममा रहेको बताएका छन् । ‘मैले के भनूँ ? मलाई मेरो टिममा विश्वास छ,’ प्रशिक्षक चेर्चेसेभले भने, ‘म मेरो खेलाडी र टिममा पूर्ण रूपमा विश्वस्त छु कि मेरा खलाडीले सलाहलाई सजिलै रोक्न सक्छन् । हामी सलाहलाई रोक्न सक्छांै र हामी यसमा सक्षम हुनेछौं ।’

चोटका कारण उरुग्वेविरुद्धको खेल गुमाएका स्टार खेलाडी मोहम्मद सलाहको पुनरागमनले इजिप्ट बलियो बनेको छ । सलाहको पुनरागमनसँगै टिमको मनोबल उच्च बनेको इजिप्ट रसियालाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ । रसियामाथि जित निकाले इजिप्ट समूहमा तीन अंक जोड्दै दोस्रो चरण प्रवेशको नजिक हुनेछ । यो समूहमा रसिया ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । समान ३ अंक नै भए पनि उरुग्वे गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ । इजिप्टबिना अंक तेस्रो स्थानमा छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.