8 years ago
June 19, 2018
मोर्डाेभिया (एजेन्सी) – विश्वकप समूह एच अन्तर्गत पहिलो खेलको पहिलो हाफमा कोलम्बिया र जापानले १-१ को बराबरी खेलेका छन् ।
खेलको ५ औं मिनेटमै कोलम्बिया १० खेलाडीमा सीमित हुन पुगेको थियो । कार्लोक्स सान्चेजले ह्यान्ड बल गरेसंगै उनले रातो कार्ड पाए भने जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सिन्जी कागावाले परिणत गर्दै जापानलाई अग्रता दिलाए ।
तर खेलको ३९ औं मिनेटमा जुवान क्विन्टरोको फ्रि-किक गोलमा कोलम्बिया खेलमा फर्कियो । कोलम्वियाका मिडफिल्डर कार्लाेस साञ्चेज रसिया विश्वकपमा रातो कार्ड खाने पहिलो खेलाडी बनेका छन् । सो कार्ड विश्वकप इतिहासमा दोस्रो छिटो रातो कार्ड पनि हो ।
४ वर्ष अघिको ब्राजिल विश्वकपमा उरुग्वेका मेक्सिमिलियानो पेरेराले पहिलो छिटो कार्ड पाएका थिए । यस्तै रसिया विश्वकप १९८६ को विश्वकपपछि लामो समयसम्म रातो कार्ड नपाउने विश्वकप बनेको छ । रसिया विश्वकपमा १४ खेलसम्म रातो कार्ड देखाइएको थिएन ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]