default_image

8 years ago

June 19, 2018

कोलम्बियालाई जापानको झट्का

102 views

0 Bookmark

मोर्डोभिया (एजेन्सी) – विश्वकप समूह ‘एच’को पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ ले निराश पारेको छ । कोलम्बिया खेलको चौथो मिनेटमै १० खेलाडीमा सीमित भएको थियो ।

कार्लोक्स सान्चेजले ह्यान्ड बल गरेसंगै उनले रातो कार्ड पाए भने जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सिन्जी कागावाले परिणत गर्दै जापानलाई अग्रता दिलाए । तर खेलको ३९ औं मिनेटमा जुवान क्विन्टरोको फ्रि-किक गोलमा कोलम्बिया खेलमा फर्कियो ।

कोलम्वियाका मिडफिल्डर कार्लाेस साञ्चेज रसिया विश्वकपमा रातो कार्ड खाने पहिलो खेलाडी बनेका छन् । सो कार्ड विश्वकप इतिहासमा दोस्रो छिटो रातो कार्ड पनि हो ।

तर दोस्रो हाफमा जापानले फेरी अग्रता लिंदै कोलम्बियालाई झट्का दिएको हो । ७३ औं मिनेटमा काइसुके होन्डाको गोलमा युवा ओसाकोले गोल गर्दै जापानलाई जित दिलाएका हुन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.