default_image

8 years ago

June 20, 2018

आयोजक रुस विश्वकपको दोस्रो चरणमा, इजिप्ट बाहिरियो

137 views

0 Bookmark

मस्को(एजेन्सी)- आयोजक रसिया विश्वकप फुटबलको नकआउट चरणका पुग्ने पहिलो टोली बनेको छ । मंगलबार राति भएको खेलमा इजिप्टलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै रसिया विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको हो ।

समूह चरणमा रसियाको यो लगातार दोस्रो जित हो । रुसले अब उरुग्वेसँग खेल्न बाँकी छ । रसियासँगको हारसँगै इजिप्ट विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा इजिप्टको आत्मघाती गोलबाट रुसले अग्रता लिएको थियो ।

४७ औं मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल रोक्ने क्रममा आफ्नै पोष्टमा बल छिराएका थिए । त्यसपछि डेनिस चेरसिभले ५९ औं मिनेटमा अर्को एक गोल थप्दै खेललाई २–० को अवस्थामा र्पुयाए ।

त्यसको तीन मिनेटपछि अर्थात ६२ औं मिनेटमा ज्युभाले अर्को गोल गर्दै रसियालाई ३–० को अग्रता दिलाए । ७३ औं मिनेटमा इजिप्टले पेनाल्टीमार्फत् एक गोल फर्कायो । इजिप्टका लागि चर्चित स्ट्राइकर मोहम्मद सलाहले गोल गरे । मोहम्मद सलाहलाई रुसका खेलाडीले डीबक्सभित्र लडाएका थिए । सुरुमा रेफ्रीले फ्रिकिक नदिएपनि भिडियो रिप्लेबा इजिप्टले पेनाल्टीको मौका पाएको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.