default_image

8 years ago

June 20, 2018

तथ्यमा रुस विश्वकप,रोनाल्डोसँग कसले गरे बराबरी ?

121 views

0 Bookmark

मस्को (एजेन्सी) – रसियामा जारी २१ औं विश्व कपको छैटौं दिन सम्म आइपुग्दा अपेक्षा भन्दा फरक नतिजा आउने क्रम जारी छ । हरेक खेलको समाप्तीसँगै विश्व कपको तथ्याङ सुचि पनि लामो बन्दै गइरहेको छ ।

समूहको खेलको दोस्रो चरण सुरु हुँदा रसियाका डेनिस चेरेसेभले सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । त्योसँगै इजिप्टलाई ३–१ ले हराएको आयोजक रसिया जारी विश्व कपमा नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ ।

त्यस्तै इजिप्ट अन्तिम खेल अघि विश्व कपबाट बाहिरिने पहिलो राष्ट्र बनेको छ । मंगलबार अपेक्षा गरिएभन्दा केहि फरक जापानले कोलम्बियालाई र सेनेगलले पोल्यान्डलाई समान २–१ ले हराएको थियो ।

समूह चरणका अन्तर्गत आज राति दोस्रो राउण्डका तीन खेल हुदैछन् । आजको पहिलो खेलमा पोर्चुगल र मोरक्कोबीच खेल हुनेछ । यही समूहका इरानले स्पेनसँग प्रतिस्पर्धा गर्दा समूह ‘ए’ का उरुग्वे र साउदी अरेबियाबीचको खेल राति ८ः४५ बजेपछि हुनेछ ।

समूह चरण (पहिलो राउण्ड)
खेल नम्वरः १७
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)

समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)

गोल सङ्ख्याः ४२ गोल
पहिलो हाफः १४ गोल
दोस्रो हाफः २८ गोल

पेनाल्टी गोलः ५ गोल (रोनाल्डो–पोर्चुगल, ग्रिजम्यान–फ्रान्स), (लुका मोड्रिक–क्रोएसिया), (एन्ड्रियस ग्राङ्कभिष्ट–स्वीडेन), (सिन्जी कागवा–जापान) र (मोहम्मद सलाह–इजिप्ट)
पेनाल्टी मिसः २ गोल (मेस्सी–अर्जेन्टिना र क्रिष्टियन कुयुभा–पेरु)
फ्रिकिक गोलः ३ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल र एलेक्ससान्डर कोलारोभ–सर्विया)
आत्मघाती गोलः ५ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को, ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया, थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल, अहमेद फाथी–इजिप्टविरुद्ध रसिया)
पहेलो कार्डः ५२
रातो कार्डः १ (कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान)
ह्याट्रिकः १ (रोनाल्डो, पोर्चुगलविरुद्ध स्पेन)
सव्सिच्युट खेलाडीको गोलः ३ गोल (डेनिस चेरेसेभ र अर्टिम ज्युुभा (रसिया)
सर्वाधिक गोलकर्ताः ३ गोल (क्रिष्टियानो रोनाल्डो–पोर्चुगल, डेनिस चेरेसेभ–रसिया)
२ गोल (डिएगो कोष्टा–स्पेन, रोमेलु लुकाकु–बेल्जियम ह्यारी केन–इंग्ल्याण्ड र अर्टिम ज्युुभा–रसिया)

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.