8 years ago
June 20, 2018
मस्को (एजेन्सी) – आफ्नो सुपरस्टार खेलाडी क्रिष्टियानो रोनाल्डोप्रेरित पोर्चुगलले आज समूह चरणको दोस्रो खेलमा अफ्रिकी मुलुक मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल लुज्निकी स्टेडियम मस्कोमा साँझ ५ः४५ बनेपछि सुरु हुनेछ । पहिलो खेलमा उपाधिको दावेदार मानिएको स्पेनलाई अन्तिम समयमा ३–३ गोलको बराबरीमा रोक्न सफल पोर्चुगल मोरोक्कोसँग सचेत रहँदै जितका लागि मैदान उत्रनेछ ।
मोरक्कोमाथि जित हात पारे पोर्चुगलले दोस्रो चरण पुग्ने सम्भावना जीवितै राख्नेछ । बराबरीको नतिजाले भने पोर्चुगलको दोस्रो चरण पुग्ने सम्भावना झिनो हुनेछ । टिममा रोनाल्डोबाहेक औसतका खेलाडी रहेपनि उनीहरूले संगठित प्रदर्शन गरेका छन् । उनीहरूले संगठित प्रदर्शन गर्दा रोनाल्डोले खुलेर खेल्ने मौका पाएका थिए ।
मोरक्कोमाथि युरोकप च्याम्पियन पोर्चुगलसँग पछिल्ला चार संस्करणमा गोल गर्न सफल रोनाल्डो फेरि एकपटक हावी हुन सक्नेछ । पहिलो खेलमै ह्याट्रिक गरेका रोनाल्डोले विश्वकपमा समेत अमिट छाप छाड्ने संकेत गरिसकेका छन् । रोनाल्डोेलाई जोआ मारियो, बर्नाडो सिल्भाले राम्रो साथ दिएका थिए । तर, इतिहास हेर्ने हो भने पोर्चुगल मोरक्कोमाथि कमजोर छ ।
यी दुई टोली दोस्रोपटक आमनेसमाने हुन लागेका हुन् । इतिहास हेर्दा मोरक्को माथि छ । मोरक्कोले सन् १९८६ को विश्वकपमा पोर्चुगललाई ३–१ ले पराजित गरेको थियो । यता, इरानविरुद्धको खेलमा आफ्नै गल्तीमा गोल खाँदा पराजित हुनुपरेको मोरक्को पोर्चुगलविरुद्ध सचेत भएर खेल्ने पक्का छ ।
समूह चरणको पहिलो खेलमा इरानसँग १–० ले पराजित भएको मोरक्को निक्कै दवावमा रहेको छ । त्यसपछि खेलाडीको चोटल मोरक्कोलाई झनै सताएको छ । इरानविरुद्धको खेलमा चोट बोकेका डिफेन्डर नोर्दिन अम्राबात नाबिल डिरर घुडाँको चोटका कारण आजको खेल गुमाउन सक्ने सम्भावना छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]