8 years ago
June 20, 2018
लुज्निकी( एजेन्सी) –सुपरस्टार क्रिष्टियानो रोनाल्डोको निर्णायक गोल मद्दतमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजत गर्दै विश्वकपको समूह चरणमा पहिलो जित निकालेको छ । लुज्निकी स्टेडियममा बुधबार भएको खेलमा रोनाल्डोले खेलको चौथो मिनेटमा नै गोल गर्न सफल भएका थिए ।
मोरक्कोविरुद्ध गोल गरेसँगै रोनाल्डोले प्रतियोगितामा आफ्नो गोल सङ्ख्या ४ पु¥याएको छ । रोनाल्डोले स्पेनविरुद्धको पहिलो खेलमा ह्याट्रिक पुरा गरेका थिए । रोनाल्डोले जोवा मौटन्होले प्रहार गरेको कर्नर बललाई हेडमार्फत गोल गर्दा मोरक्कोका गोलकिपर मुकदर्शक बनेका थिए । पहिले गोल गरेपछि पोर्चुगलले रक्षात्मक खेल खेल्दा अग्रता अन्तिम समयसम्म जोगाईराख्न सफल भयो । यता मोरक्कोले पनि गोलको केही मौकाहरु खेर फालेको थियो ।
समूहमा पहिलो जितसँगै पोर्चुगलले प्रि–क्वार्टरफाइनन पुग्ने सम्भावन बलियो बनाएको छ । पोर्चुगलको २ खेलबाट ४ अंक पुगेको छ । पोर्चुगलले अब समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । उक्त खेलमा जित हात पारे पोर्चुगल अघिल्लो चरण प्रवेश गर्नेछ । लगातार दुई खेलमा हार बेहोरेको मोरक्को प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । मोरक्को पहिलो खेलमा इरानसँग १–० ले पराजित भएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]