default_image

8 years ago

June 20, 2018

एसियन गेम्स र साफ च्याम्पियनसिपको लागि दोस्रो चरणमा ३३ खेलाडी छनोट

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आसन्न एसियन गेम्स र दक्षिण एसियाली खेलकुद (साफ) को लागि ३३ खेलाडी छनोट गरेको छ । जापानिज मुख्य प्रशिक्षक कोजीले प्रारम्भिक चरणमा रहेका ५० खेलाडीबाट ३३ जना खेलाडीको छनोट गरेको हो ।

एसियन गेम्समा यु–२३ को टोली रहने छ । जसमा तीन खेलाडी बढी उमेरको राख्न पाउने प्रावधान छ । एसियन गेम्स १८ अगष्ट देखि २ सेप्टेम्वरमा इण्डोनेसियाको जाकार्तामा हुदैछ । साफ गेम्स सेप्टेम्वर ४ देखि १५ तारिखसम्म बंगलादेशमा हुदैछ ।

साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा आयोजक बंगलादेशसँगै भुटान र पाकिस्तान रहेका छन् । नेपालले ४ सेप्टेम्वरमा पाकिस्तानसँग खेल्दै साफ च्याम्पियनसिपको शुरुवात गर्नेछ । त्यसपछि नेपालले ६ सेप्टेम्बरमा भुटान तथा ८ सेप्टेम्वरमा आयोजक बंगलादेशको सामना गर्नेछ ।

दोस्रो चरणमा छनोट हुन सफल खेलाडीहरु
१.किरण कुमार लिम्बु (गोलरक्षक)
२. बिकेश कुुथु (गोलरक्षक)
३. विशाल श्रेष्ठ (गोलरक्षक)
४. एलेन न्यौपाने (गोलरक्षक)
५. सोजित गुरुङ (गोलरक्षक)
६. विराज महर्जन (डिफेन्डर)
७. अनन्त तामाङ (डिफेन्डर)
८. रविन श्रेष्ठ (डिफेन्डर)
९.आदित्य चौधरी (डिफेन्डर)
१०. सुमन अर्याल (डिफेन्डर)
११.रवि सिलवाल (डिफेन्डर)
१२. कमल श्रेष्ठ(डिफेन्डर)
१३.दिनेश राजवंशी (डिफेन्डर)
१४. देवेन्द्र तामाङ (डिफेन्डर)
१५. रोहित चन्द (मिडफिल्ड)
१६. विशाल राई (मिडफिल्ड)
१७. हेमन गुरुङ (मिडफिल्ड)
१८.हेमन्त थापामगर (मिडफिल्ड)
१९. गौरव बुढाथोकी (डिफेन्डर)
२०. छिरिङ गुरुङ (डिफेन्डर)
२१. अन्जन विष्ट (विङ्गर)
२२.सुनिल बल (विङ्गर)
२३.सुजल श्रेष्ठ (विङ्गर)
२४. बिमल घर्तीमगर (विङ्गर)
२५. भरत खवास (फरवार्ड)
२६. नवयुग श्रेष्ठ (फरवार्ड)
२७.जर्ज प्रिन्स कार्की (फरवार्ड)
२८. निराजन खड्का (मिडफिल्ड)
२९. सुमन लामा (फरवार्ड)
३०.अभिषेक रिजाल (मिडफिल्ड)
३१.तेज तामाङ (मिडफिल्ड)
३२. मान बहादुर तामाङ (डिफेन्डर)
३३. सन्तोष तामाङ (मिडफिल्ड)

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.