default_image

8 years ago

June 20, 2018

महत्वपूर्ण खेलमा स्पेन र इरान भिड्दै

129 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्व कपको समूह बीको महत्वपूर्ण खेलमा स्पेन र इरानबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ । पूर्व विजेता समेत रहेको स्पेनले पहिलो खेलमा पोर्चुगलले ३–३ को बराबरी खेलेका थियो । इरानले भने पहिलो खेल जित्ने क्रममा मोरोक्कोलाई १–० ले हराएको थियो ।

प्रि क्वार्टरफाइनलको सम्भावनालाई बलियो बनाउन स्पेन र इरान दुवैलाई यो खेल महत्वपूर्ण हुनेछ । स्पेनले यो खेलमा बराबरी वा हारेमा अघिल्लो चरणको यात्रा कठिन बन्नेछ । जितेको खण्डमा भने पोर्चुगलसँग अंकमका बराबरी गर्ने छ ।

केहि समय अघि आजै भएको समूह एको अर्को खेलमा मोरोक्कालाई १–० ले हराउँदै क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले ४ अंक पुर्याएको छ । इरानले यो खेल जितेमा भने अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बन्नेछ ।

पोर्चुगलविरुद्धको पहिलो खेलमा दुई गोल गरेका डिएगो कोस्टासहित इस्को, डेभिड सिल्भा, लुकास भाज्केज, आन्द्रे इनियस्टा, सर्जियो बुस्केट, जोर्डी अल्बा, सर्जियो रामोस, जेरार्ड पिके, डानियल कार्भाजाल र डेभिड डि हेयाले इरानविरुद्ध सुरुवात गर्नेछन् ।

त्यस्तै इरानमा सरदार इज्मन, मेहेदी तारेमी, भाहिद असरिफाद, ओमिद इब्राहिमी, सेइद इजातोलाही, रहिम रेजाइन, मजिद हुसेनी, मोर्टेजा पोरलुगाजी, इसान हाजि साफी र इलिरिजा बेर्नाभान्डले स्पेनविरुद्ध सुरुवात गर्नेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.