7 years ago
June 21, 2018
सामारा (एजेन्सी) –रसिया विश्व कपको सातौं दिनको समाप्ती सम्म आइपुग्दा २ टोली नकआउट चरणमा पुगिसकेका छन् भने ३ टोली समूह चरणबाट बाहिरिएका छन् । आयोजक रसिया र उरुग्वे अन्तिम खेल अघिनै नकआउट चरणमा पुग्दा सो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् ।
समूह ‘बी’ थप रोमाञ्चक बन्दा त्यसबाट मोरोक्को भने बाहिरिएको छ । समूहमा पोर्चुगल र स्पेनको समान ४ अंक छ भने इरानको ३ अंक छ, जसका कारण समूह चरणको अन्तिम खेल सम्म कुर्नपर्ने भएको छ । समूह ‘ए’ र ‘बी’को दोस्रो चरणको खेल समाप्ती भइसकेको छन् । विश्व कपमा बिहीबार समूह ‘सी’का २ र ‘डी’को एक गरि तीन खेल हुँदैछ ।
समूह ‘सी’मा डेनमार्क र अस्ट्रेलिया तथा फ्रान्स र पेरुबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’मा अर्जेन्टिना र क्रोएसियाले एकअर्काको सामना गर्नेछन् । फ्रान्स र डेनमार्कले पहिलो खेल जितिसकेकाले आजको खेल जित्न सके नकआउट चरणको सम्भावना बलियो हुनेछ । नकआउट चरणमा पुग्ने सम्भावना बनाउनेका लागि अस्ट्रेलिया र पेरुले आजको खेलमा जित वा कम्तीमा बराबरी निकाल्नै पर्ने हुन्छ ।
दाबेदारका मध्ये एकका रुपमा हेरिएको लियोन मेस्सीको अर्जेन्टिनाले पनि अर्को चरण प्रवेशका लागि आजको खेलमा सफल नतिजा निकाल्नुपर्ने हुन्छ । अर्जेन्टिना अनेपिक्षित रुपमा पहिलो खेलमा नवप्रवेशी आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो । क्रोएसियाले भने पहिलो खेल जितेको थियो ।
विश्व कपमा को को खेल्दैछन्, कति बजे
समूह सी
पहिलो खेल- डेनमार्कविरुद्ध अस्ट्रेलिया साँझ ५ः४५ बजे
दोस्रो खेल- फ्रान्सविरुद्ध पेरु राती ८ः४५ बजे
समूह डी
तेस्रो खेल -अर्जेन्टिनाविरुद्ध क्रोएसिया राती ११ः४५ बजे
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]