7 years ago
June 21, 2018
मस्को (एजेन्सी) – रसियामा जारी विश्व कपमा खेल संख्या थपिदै जाँदा नयाँ नयाँ तथ्याङ पनि जोडिदै गएका छन् । क्रिस्टिायानो रोनाल्डो दई खेलमा ४ गोलका साथ उच्च गोलकर्ताको शीर्षस्थानमा छन् । स्पेनविरुद्ध पहिलो खेलमा ह्याट्रिक गरेका उनले मोरोक्कोविरुद्ध १ गोल गरेका थिए ।
त्यहि गोलमा पोर्चुगलले यसपटक पहिलो जित दर्ता गराएको छ । अर्को तिर स्पेनका डिएगो कोस्टाले पनि लगातार दोस्रो खेलमा गोल गर्दै गोल संख्या ३ पुर्याएका छन् । सन् २००६ को विश्व कपपछि लगातार दुई खेलमा स्पेनका लागि गोल गर्ने उनी पहिलो खेलाडी पनि बनेका छन् । त्यति बेला फर्नान्डो टोरेसले लगातार दुई खेलमा गोल गरेका थिए ।
कोस्टाअिघ आयोजक रसियाका डेनिस चेरेसेभले पनि ३ गोल गरिसकेका छन् । इरानलाई १–० ले हराउँदा उरुग्वेका लागि लुइस स्वारेजले गोल गरे । त्यो उनको सयौं खेल पनि थियो । बढी नै अपेक्षा गरिएका सुपरस्टार अर्जेन्टिनाका लियोन मेस्सी र ब्राजिलका नेयमार पहिलो खेलमा गोल गर्न असफल रहेका थिए । भिएआरको प्रयोगले नतिजामा पनि प्रभाव पारिरहेको छ । जसले खेलमा हुने सम्भावित विवाद भने कम गराएको छ ।
जारी विश्व कपमा अहिले सम्मको तथ्याङ्क
समूह चरण (पहिलो राउण्ड)
खेल संख्या: २०
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)
समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
गोल सङ्ख्याः ४५ गोल
पहिलो हाफः १६ गोल
दोस्रो हाफः २९ गोल
पेनाल्टी गोलः पेनाल्टी गोलः ८ गोल (रोनाल्डो–पोर्चुगल), (जेडिनाक– अष्ट्रेलिया), (ग्रिजम्यान–फ्रान्स), (लुका मोड्रिक–क्रोएसिया), (एन्ड्रियस ग्राङभिष्ट–स्वीडेन), (सिन्जी कागवा–जापान), (मोहम्मद सलाह–इजिप्ट) र (सासी–ट्युनिसिया)
पेनाल्टी मिसः २ गोल (मेस्सी–अर्जे्न्टिना र क्रिष्टियन कुयुभा–पेरु)
फ्रिकिक गोलः ३ गोल (एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल र एलेक्ससान्डर कोलारोभ–सर्विया)
आत्मघाती गोलः ५ गोल (अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को, ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया, थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल, अहमेद फाथी–इजिप्टविरुद्ध रसिया)
पहेलो कार्डः ५६
रातो कार्डः १ (कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान)
ह्याट्रिकः १ (रोनाल्डो, पोर्चुगलविरुद्ध स्पेन)
सव्सिच्युट खेलाडीको गोलः ३ गोल (डेनिस चेरेसेभ र अर्टिम ज्युुभा (रसिया)
सर्वाधिक गोलकर्ताः ४ गोल (क्रिष्टियानो रोनाल्डो–पोर्चुगल)
३ गोल (डेनिस चेरेसेभ–रसिया र डिएगो कोष्टा–स्पेन)
२ गोल (रोमेलु लुकाकु–बेल्जियम ह्यारी केन–इंग्ल्याण्ड र अर्टिम ज्युुभा–रसिया)
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]