7 years ago
June 21, 2018
एक्तारिनवर्ग (एजेन्सी)– फ्रान्स जारी विश्व कपको दाबेदार मध्येको एक मानिएको छ । तर, टोलीको विश्व कपको पहिलो खेलमा टोलीले गरेको प्रदर्शनबाट भने समर्थक खुसी हुन सकेनन् । यद्दपी अस्ट्रेलियालाई २–१ ले हराउँदै टोलीले विजयी सुरुवात भने गरेको छ । समूह सीमा फ्रान्सले दोस्रो खेलमा पेरुको सामना गर्दैछ । खेल राती ८ः४५ बजे सुरु हुनेछ ।
यो जित्न सके फ्रान्सको दोस्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ । पेरुलाई पनि दोस्रो चरण पुग्न जित नै आवश्यक छ । पहिलो खेलमा अस्ट्रेलियालाई २–१ गोलले पराजित गरेपनि फ्रान्सले सोचेअनुरुपको प्रदर्शन गर्न सकेको थिएन । विश्वका उत्कृष्ट खेलाडीहरुको जमघट रहेको फ्रान्स हरेक पोजिसनमा बलियो भएपनि दोस्रो चरण प्रवेशको सम्भावना जीवित राख्न आफ्नो खेल सुधार गर्न पर्ने चुनौती छ ।
यता पेरु पहिलो खेलमा बेहोरेको हारलाई बिर्सदै फ्रान्सविरुद्ध खेल्ने योजनामा हुनेछ । डेनमार्कले गोल गर्नुअघि पेरुले पेनाल्टीको मौका सदुपयोग गर्न सकेको थिए । उक्त पेनाल्टी सदुपयोग भएको भए खेलले अर्कै मोड लिने थियो ।
अब पेरुलाई बलियो टिम फ्रान्ससँग खेल्न दबाव छ । दवावबाट माथि उठ्न सके पेरुमा फ्रान्सलाई हराउन सक्ने क्षमता छ । पेरुको धैर्यपूर्वक खेलेर फ्रान्सलाई स्तब्ध पर्ने रणनीति छ । फ्रान्स र पेरुबीच १९८२ मा खेल भएको थियो । खेलमा पेरुले फ्रान्सलाई १–० गोलले हराएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]