7 years ago
June 21, 2018
मस्को (एजेन्सी)– पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले शीर्षस्थानमा रहँदै समूह चरणको अन्त्य गर्नका लागि आउने खेलमा प्रदर्शनमा सुधार गर्नुपर्ने बताएका छन् । २ खेलमा टोलीका लागि सम्भव सबै ४ गोल गरेको सुपर स्टार रोनाल्डोले नै गरेका हुन् ।
मोरोक्कोलाई बुधबार १–० ले हराउँदा होस् वा पहिलो खेलमा स्पेनलाई ३–३ मा रोक्न होस् सबैमा उनी नै नायक रहे । जसका कारण उनी दुवै खेलमा म्यान अफ दी म्याच बन्न सफल भए । मोरोक्कोविरुद्ध उनले दिलाएको अग्रतालाई जोगाउने क्रममा गोलकिपर रिउ पोर्टिकोले पनि केहि राम्रा बचाउ गरे ।
समूह बीमा मोरोक्को समूह चरणबाट बाहिरिएपनि बाँकी टोलीबीच अघिल्लो चरणका लागि प्रतिस्पर्धा छ । पोर्चुगल र स्पेनको समान ४ अंक छ भने इरानको २ अंक छ । अब पोर्चुगलले इरान र स्पेनले मोरोक्कोको सामाना गर्नेछ ।
‘समूह चरणको अन्तिम खेलमा अझै सुधारिएको प्रदर्शन गर्ने आशामा हामी छौं,’ जारी विश्व कपका उच्च गोलकर्ता समेत रहेका रोनाल्डोले भने, ‘हामी लगभग नकआउट चरणमा पुगेका छौं । हामी हरेक पटकको खेललाई महत्वका साथ लिन्छौं । हामी समूहको विजेता बन्ने प्रयासमा छौं ।’
मोरोक्कोसँगको खेल स्मरण गर्दै उनले भने, ‘हामीलाई थाहा थियो । हार्दा हामी बाहिरिन्छौं भन्ने हेक्का थियो । मोरोक्कोले आफ्नो सबै शक्ति लगाउँछ भन्ने थाहा थियो । निश्चिय नै उनीहरुले बलियो सुरुवात गर्दा आश्चार्य लाग्यो । म गोल गर्न सफल भए त्यसमा खुसी छु ।’
इरानलाई हराउन सके पोर्चुगल समूहको विजेता बन्न सक्छ । स्पेनलाई पनि मोरोक्कोलाई हराउन सहज हुने छैन । मोरोक्कोले इरान र पोर्चुगल दुवै खेल समान १–० को झिनो अन्तरले गुमाएको थियो । अर्को तिर स्पेनले पनि स्पेनले पनि पोर्चुगलले जस्तै इरानमाथि १–० को साँघुरो जित हासिल गरेको थियो ।
अहिले पनि समूह विजेताको टुंगो लागिसकेको छैन । अहिलेको अवस्था हेर्दा अन्तिम १६ मा पोर्चुगलले रसियाको सामना गर्नुपर्ने सम्भावना छ । समूह ‘ए’मा उरुग्वेलाई सम्भावित विजेता र रसियालाई उपविजेताका रुपमा हेरिएको छ । यद्दपी अन्तिम १६ मा पुगिसकेका रसिया र उरुग्वेबीचको खेल हुन बाँकी छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]