7 years ago
June 21, 2018
सामरा (एजेन्सी) – समूह ‘सी’ मा डेनमार्क पहिलो जितसहित नकआउट चरण नजिक छ । समुहमा बलियो देखिएको डेनमार्क दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाउने योजनामा हुनेछ । डेनमार्क र अष्ट्रेलियाबीचकबो खेल साँझ ५ः४५ बजेपछि सामरा एरिनामा हुनेछ ।
अन्डर डगको छवि बनाएको डेनमार्क पछिल्लो १६ खेलमा अपराजित छ । जसमा ९ जित र ७ बराबरी छन् । २०१६ अक्टुबरमा मोन्टेनेग्रोसँग १–० ले पराजित भएयता डेनमार्कले हार बेहोरेको छैन । पेरुविरुद्धको खेलमा डेनमार्कलाई भाग्यको पनि साथ रहेको थियो ।
पहिलो हाफमै पाएको पेनाल्टीमा पेरु गोल गर्न असमर्थ रहेको थियो । पेरुविरुद्धको खेलमा चोट लागेका मिडफिल्डर विलियम केभिस्ट टिममा हुनेछैन । टोलीमा उनको अभाव खड्किन सक्छ ।
पहिलो खेलमा फ्रान्ससँग राम्रो खेल्दा पनि २–१ गोलले पराजित भएको अस्ट्रेलिया आत्मविश्वासी एसियन टिम भएकाले उसले डेनमार्कलाई दबाबमा राख्ने सक्ने क्षमता राख्छ । तर, अष्ट्रेलियाले कुनै गल्ती गर्नुहुने छैन । डेनमार्कले जित हात पारे समूह चरण पार गर्ने लगभग पक्का हुनेछ । अस्ट्रेलियालाई दोस्रो चरणमा पुग्न डेनमार्कलाई हराउनु पर्ने हुन्छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]